
बागलुङ । मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री बालेन शाहसहितको टोली बागलुङ र पर्वतको सिमाना मालढुङ्गाबाट अघि बढेको छ।
प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणलाई लक्षित गर्दै मालढुङ्गासहित विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। प्रधानमन्त्रीको आगमन हुने भएपछि सडकका ठाउँठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको थियो।
प्रधानमन्त्री शाहको टोली शुक्रबारदेखि मुस्ताङ यात्रामा निस्किएको हो। भ्रमणका क्रममा उनले मुस्ताङका विभिन्न क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीय अवस्था र विकासका सम्भावनाबारे जानकारी लिने कार्यक्रम रहेको बताइएको छ।
टोली मालढुङ्गाबाट मुस्ताङतर्फ अघि बढेसँगै बागलुङ–पर्वत हुँदै मुस्ताङ जाने सडकमा सुरक्षा निगरानीसमेत बढाइएको छ। प्रधानमन्त्रीको भ्रमणका क्रममा स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीयसँग भेटघाट र समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

























