बिपी स्मृति ‘ग्रीन रन महिला रि-रन’ प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपाने विजयी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ६, शनिबार १६:२४

ललितपुर। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको बिपी स्मृति ‘ग्रीन रन महिला रि-रन’ प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपाने विजयी भएकी छन्।

ललितपुरमा शनिबार आयोजित पाँच किलोमिटर दौड न्यौपानेले १७ मिनेट ४२.८ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरेकी हुन्। निशा मस्कोटीले १७ मिनेट ४६.२ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो तथा निर्मला केसीले १८ मिनेट ९.१ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरिन्।

Advertisement

सुनसरी रोकाया चौथो, सृजना पाण्डे पाँचौँ र आशा रावत छैटौँ भएका छन्। प्रतियोगिताका विजेतालाई नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले नगद पुरस्कारको चेक हस्तान्तरण गरिन्। सहमहामन्त्रीद्वय डा. डिला सङ्ग्रौला पन्त र मुक्ताकुमारी यादवले क्रमशः ट्रफी तथा पदक प्रदान गरे।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई २५ हजार, तृतीयलाई २० हजार, चौथोलाई १२ हजार, पाँचौँलाई १० हजार र छैटौँलाई आठ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो। पाटन दरबार स्क्वायर, मङ्गलबजारबाट सुरु भएको दौड पुल्चोक–झम्सिखेल–भैंसेपाटी–एकान्तकुना–जावलाखेल–पुल्चोक हुँदै पुनः पाटन दरबार स्क्वायरमा पुगेर सम्पन्न भएको थियो।

नेपाल महिला सङ्घको सहभागितामा आयोजित प्रतियोगिता सुरु हुनुअघि स्थानीय नागरिकका तर्फबाट धिमे बाजा तथा लाखे नृत्य प्रस्तुत गरिएको थियो। दौडमा सहभागी महिलाहरूले यसै साता बाराको जीतपुरसिमरा नगरपालिकामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीप्रति न्यायको माग गर्दै ‘जस्टिस फर गरिमा चौधरी’ लेखिएको प्लेकार्ड बोकेर मौन प्रदर्शनसमेत गरेका थिए।

तपाइको प्रतिक्रिया
अवैध काठसहित दुई जना पक्राउ 
झापाबाट लागुऔषधसहित तीन जना पक्राउ
कोशीमा डिजिटल प्रणाली सुरु : कर्मचारी सरुवामा अब कागज र पहुँचको झन्झट घटाउने तयारी
बिपी स्मृति ‘ग्रीन रन महिला रि-रन’ प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपाने विजयी
जाँते स्वास्थ्य चौकी बन्द गरिएको दाबीमा लेटाङ नगरपालिकाको आपत्ति
कृषि उत्पादन वृद्धि गर्न नार्कद्वारा विभिन्न बालीका उन्नत जात विकास
अमेरिका-क्यानडा व्यापार सम्झौताको प्रयास असफल, ५० प्रतिशत भन्सारले तनाव चर्कियो
बालिका हत्या : न्याय माग्दै प्रदर्शन जारी, राजमार्ग बन्द
विश्वकप फाइनलको झगडामा अर्जेन्टिनाका तीन खेलाडीलाई फिफाको प्रतिबन्ध
‘नेपालको अर्थतन्त्रमा सुधारका संकेत’
सोमबार विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×