सरकार र ‘नागरिक बचाउ महाअभियान’ बीच १४ बुँदे सहमति, आन्दोलनका कार्यक्रम अन्त्य

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ६, शनिबार १८:५०

काठमाडौं । सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’बीच १४ बुँदे सहमति भएको छ। सहमतिसँगै महाअभियानले केही समयदेखि गर्दै आएको धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैदेखि अन्त्य गर्ने निर्णय गरेको छ।

ललितपुरको पुल्चोकमा धर्नामा रहेका महाअभियानका प्रतिनिधि र सरकारले गठन गरेको वार्ता टोलीबीच भएको छलफलपछि सहमतिपत्रमा हस्ताक्षर भएको हो। प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले सामाजिक सञ्जालमार्फत सहमितबारे जानकारी सार्वजनिक गरेकी हुन्।

Advertisement

सहमति पत्रमा सरकारका तर्फबाट वार्ता टोली संयोजक तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदी र महाअभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बोहोरा क्षेत्रीले हस्ताक्षर गरेका छन्।

काठमाडौं उपत्यकामा केन्द्रित आन्दोलनका कारण उत्पन्न असहज परिस्थिति वार्ता र सहमतिमार्फत टुंगिएको बताइएको छ। अब महाअभियानले उठाएका मागलाई सरकारी प्रक्रिया र सम्बन्धित निकायमार्फत सम्बोधन गर्ने सहमति भएको छ।

सहमति भएसँगै पुल्चोकमा हुँदै आएको धर्ना पनि आजैदेखि हटाइएको छ।

तपाइको प्रतिक्रिया
सरकार र ‘नागरिक बचाउ महाअभियान’ बीच १४ बुँदे सहमति, आन्दोलनका कार्यक्रम अन्त्य
ब्राइट भिजन ल कलेजमा ‘मुटकोर्ट’ सम्पन्न: विद्यार्थीले गरे नमुना अदालतमा बहस
ब्राइट भिजन ल कलेजमा ‘मुटकोर्ट’ सम्पन्न: विद्यार्थीले गरे नमुना अदालतमा बहस
अवैध काठसहित दुई जना पक्राउ 
झापाबाट लागुऔषधसहित तीन जना पक्राउ
कोशीमा डिजिटल प्रणाली सुरु : कर्मचारी सरुवामा अब कागज र पहुँचको झन्झट घटाउने तयारी
बिपी स्मृति ‘ग्रीन रन महिला रि-रन’ प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपाने विजयी
जाँते स्वास्थ्य चौकी बन्द गरिएको दाबीमा लेटाङ नगरपालिकाको आपत्ति
कृषि उत्पादन वृद्धि गर्न नार्कद्वारा विभिन्न बालीका उन्नत जात विकास
अमेरिका-क्यानडा व्यापार सम्झौताको प्रयास असफल, ५० प्रतिशत भन्सारले तनाव चर्कियो
बालिका हत्या : न्याय माग्दै प्रदर्शन जारी, राजमार्ग बन्द
विश्वकप फाइनलको झगडामा अर्जेन्टिनाका तीन खेलाडीलाई फिफाको प्रतिबन्ध
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×