प्रेस युनियन सुनसरी अध्यक्षमा नेपाल र घिमिरे निर्विरोध, आलोपालो नेतृत्व गर्ने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ७, आइतबार ०७:४७

इटहरी । नेपाल प्रेस युनियन सुनसरीको अध्यक्षमा सञ्चारकर्मी मात्रिका प्रसाद नेपाल र उषाकिरण घिमिरे निर्विरोध निर्वाचित भएका छन्। तीन वर्षे कार्यकालका लागि भएको सहमतिअनुसार दुवैले आलोपालो युनियनको नेतृत्व गर्ने भएका हुन्।

सहमति अनुसार पहिलो डेढ वर्ष नेपालले अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् भने त्यसपछिको डेढ वर्ष घिमिरे अध्यक्ष बन्नेछिन्। अधिवेशनमा नेतृत्वका लागि सहमति जुटेपछि दुवै जना निर्विरोध निर्वाचित भएका हुन्।

Advertisement

अधिवेशनबाट उपाध्यक्ष खुलातर्फ सुरेशचन्द्र दाहाल, महिला उपाध्यक्षमा सरस्वती चौधरी र समावेशी उपाध्यक्षमा वीरेन्द्र साह निर्वाचित भएका छन्। सचिवमा संगम विष्ट, समावेशी सहसचिवमा अजमल अन्सारी, महिला सहसचिवमा ज्योती पोखरेल तथा कोषाध्यक्षमा नशिम अन्सारी चयन भएका छन्।

सदस्यमा दीपक पुरी, मौसम कोइराला, निशा राई, स्मारीका राई, सुविक्षा राई, सञ्जिव तिम्सिना, सरोज श्रेष्ठ र भिम चौधरी चयन भएका छन्। त्यस्तै अधिवेशनले १३ जनालाई केन्द्रीय पार्षद र १४ जनालाई प्रदेश पार्षदमा सर्वसम्मत चयन गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×