पूर्वराजा ज्ञानेन्द्रसँग धवलशम्शेर राणाको भेट

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ७, आइतबार ०८:२१

काठमाडौं । राप्रपा छाडेर जय नेपाल पार्टी गठन गरेका पार्टी सभापति धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन्।

‘हिमानी ट्रस्ट’को कार्यक्रमपछि राणाले पूर्वराजा शाहसँग भेट गरेका हुन्। भेटको तस्बिर उनले आइतबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै भेटलाई ‘फलदायी’ भएको बताएका छन्।

Advertisement

जय नेपाल पार्टीले संवैधानिक राजसंस्था र हिन्दू अधिराज्यका पक्षमा देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ। पछिल्लो भेटलाई पार्टीको उक्त राजनीतिक अभियानसँग जोडेर समेत हेरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×