गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ७, आइतबार ११:२७
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 

रुकुम । रुकुम पश्चिममा आइतबार बिहान गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्साकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञवाली छन् । उनीहरूको उपचारका क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार बिहान करिब साढे ८ बजे सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी सडकखण्डमा घटना भएको हो । स्वस्तिका र शान्दिका क.प्र.०२००१ ख १०७० नम्बरको यात्रुबाहक गाडीमा मुसिकोटबाट सुर्खेत हुँदै गुल्मी जाँदै थिए ।

यात्राका क्रममा छोरीले शौच गर्नुपर्ने बताएपछि स्वस्तिकाले गाडी रोक्न लगाएकी थिइन् । त्यस क्रममा सिम्लीबाट चौरजहारीतर्फ जाँदै गरेको भे.१ ज.१४८२ नम्बरको गाडीले उनीहरूलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते आमा–छोरीलाई उद्धार गरी जिल्ला अस्पताल सल्ले पुर्‍याइएको थियो । चिकित्सकले बिहान साढे ९ बजेतिर दुवैलाई मृत घोषणा गरेका थिए ।

ठक्कर दिने गाडीका चालक सानीभेरी गाउँपालिका–३ चौखेका २२ वर्षीय अम्मर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×