सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ७, आइतबार १७:२४

काठमाडौं। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी सङ्गठनको ‘इन्स्टिच्युसनल मेमोरी’ मा रहेकाले त्यस्ता घटनामा संलग्न अपराधीलाई जुनसुकै बेला पनि कारबाहीको दायरामा ल्याइने बताएका छन् ।

उनकौं दशकौँपछि पनि त्यस्ता घटनामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही गर्दै आएको स्पष्ट पार्नुभयो । राष्ट्रिय समाचार समिति ९रासस०सँग कुराकानीमा प्रहरी महानिरीक्षक कार्कीले लामो इतिहास बोकेको प्रहरी सङ्गठनले त्यस्ता घटनालाई नबिर्सने बताए । ‘व्यक्तिका स्मरण छोटो समयमा समाप्त हुन्छन् । तर प्रहरी व्यक्तिको न्यायका लागि अनवरत रूपमा लडिरहने संस्था हो । यो संस्थाले त्यस्ता घटनाहरू बिर्सन्न’, उनले भने । यद्यपि, त्यस्ता मुद्दामा चाहेजस्तो सफलता प्राप्त नभइरहेको महानिरीक्षक कार्कीको स्वीकारोक्ति थियो ।

Advertisement

ती पुराना घटनाको अध्ययन र निरन्तरको अनुसन्धानबाट घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउने कार्य प्रहरीले गर्दै आएको उल्लेख गर्दै उनले पुराना चर्चित घटनालाई विशेष टोली गठन गरेर अनुसन्धान गरिरहेको र केही घटनामा राम्रो सफलता मिलेको दाबी गरे ।

प्रहरी महानिरीक्षक कार्कीले केन्द्रीय अनुसन्धान व्यूरोमार्फत पुराना जघन्य प्रकृतिका अपराधको अनुसन्धान चलिरहेको जानकारी दिए । विश्वव्यापीरूपमा बदलिँदो समाज, प्रविधि र कार्यशैलीले सुरक्षा चुनौती थपिरहेको विश्लेषण गर्दै महानिरीक्षक कार्कीले परम्परागत अनुसन्धान पद्धतिले मात्र आधुनिकताको सम्बोधन गर्न नसक्ने बताए ।

तपाइको प्रतिक्रिया
सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
ग्रामथानमा सामान्य विवादमा खुकुरी प्रहार, एक जना घाइते
जेन्जी आन्दोलनमा लुटिएको हतियारसहित झापामा युवक पक्राउ
प्रदेशलाई खानी खोज्ने अधिकार
मलेसियामा श्रमिक पठाउनेबारे रोजगार व्यवसायीको आपत्ति
कम्युनिस्ट आन्दोलनबारे गम्भीर समीक्षा गर्नुपर्ने बेला आयोः प्रचण्ड
अन्तर सञ्चार गृह फुटसलको उपाधि द शब्द एक्स्प्रेसलाई
नेतृत्व परिवर्तनमात्रै पार्टी पुनर्गठन होइनः झाँक्री
इरानी ह्याकरद्वारा बेलायतको विद्युत् केन्द्र बन्द
‘न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ’
मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×