सांकेतिक तस्बिर ।काठमाडौं । सगरमाथा आरोहीको अधिकार, सुरक्षा र सामाजिक संरक्षण सुनिश्चित गर्न नेपालको पुरानो पर्यटन ऐन संशोधन गर्नुपर्नेमा जोड दिइएको छ।
सगरमाथा आरोही संघको २५औँ स्थापना दिवसमा आयोजित रजत महोत्सवमा आरोहीमैत्री कानुन बनाउन माग गरिएको हो।
प्रतिनिधिसभा सदस्य मिङ्मा डेविड शेर्पाले २०३५ सालमा बनेको पर्यटन ऐन अझै पूर्ण रूपमा परिवर्तन नभएकाले समयअनुकूल सुधार आवश्यक रहेको बताए।
कार्यक्रममा आरोही र माउन्टेन गाइडका लागि छुट्टै कल्याणकारी कोष, दुर्घटनामा निःशुल्क उपचार तथा मृतक आरोहीका बालबालिकालाई छात्रवृत्तिको व्यवस्था गर्नसमेत माग गरिएको छ।
वक्ताहरूले हिमालको सौन्दर्यसँगै आरोही र गाइडले भोग्ने जोखिम, पीडा र संघर्षलाई राज्यले सम्बोधन गर्नुपर्ने बताएका छन्।

























