उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ८, सोमबार १३:४८
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 

उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ जहडामा अटो र बस आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। सोमबार बिहान करिब ९ः४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र.०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको को १ ख ३५१६ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा अटोमा सवार बेलका नगरपालिका–५ मैनीकी ३४ वर्षीया मन्दिरा मगर र पहिचान नखुलेकी अर्की एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा अस्पतालमा उपचारका क्रममा बिहान ११ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

दुर्घटनामा अटो चालक बेलका–५ मैनीका २८ वर्षीय इन्द्र थापा मगर र सोही स्थानका १८ वर्षीय रोशन मगर गम्भीर घाइते भएका छन्। मोरङको विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय अजित गुरुङ भने मध्यम घाइते भएका छन्। घटनापछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरी स्थानीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित घोपा अस्पताल पठाएको थियो।

अटो प्रहरी चौकी लालबजारको नियन्त्रणमा रहेको छ भने बस र चालक बेलका–५ घुम्नेका करिब ३६ वर्षीय विक्रम थापा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको नियन्त्रणमा छन्।

तपाइको प्रतिक्रिया
बालिका हत्या प्रकरण : आरोपीको बयान भिडियोमा, प्रहरी अनुसन्धानमाथि प्रश्न
स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु 
स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु 
‘एउटा शालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फिर्ता आउँछ ?’
देउवा र खड्काद्वारा सर्वोच्चमा बेग्लाबेग्लै रिट
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते
दुर्गा प्रसाईंको घरबाट नियन्त्रणमा लिइएका सामानसहित उपस्थित हुन प्रहरीलाई सर्वोच्चको आदेश
परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपालले सर्बियामा असंलग्न आन्दोलनमा सहभागिता जनाउने
नेपालले सर्बियामा असंलग्न आन्दोलनमा सहभागिता जनाउने
 बालिका हत्या प्रकरण: थप एक आरोपी पक्राउ 
बालिका हत्या प्रकरण: थप एक आरोपी पक्राउ 
मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन एमालेले जारी गर्‍यो ह्विप
लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×