‘एउटा शालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फिर्ता आउँछ ?’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ८, सोमबार १४:१४

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. प्रमिला कुमारी गच्छदारले बालिका तथा महिलामाथि हुने हिंसा र अपराध नियन्त्रणमा सरकार गम्भीर बन्नुपर्ने बताएकी छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद गच्छदारले बालिकाहरू घर, बाटो, विद्यालय तथा गाउँबस्तीमा समेत असुरक्षित रहेको बताइन् । उनले भनिन्, ‘हाम्रा छोरीहरू कहिलेसम्म असुरक्षित रहनुपर्ने ? न घरमा सुरक्षित छन्, न बाटोमा, न विद्यालयमा सुरक्षित छन्, न त गाउँबस्तीमै ।’

Advertisement

उनले सप्तरीकी दुई वर्षीया खुसी खातुनको हत्या तथा बाराकी तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराइन् ।

घटना भएपछि सडकमा आन्दोलन हुने र त्यसपछि सरकार तथा पीडित परिवारबीच विभिन्न बुँदे सहमति हुने गरेको उल्लेख गर्दै उनले यस्ता सहमतिले दीर्घकालीन न्याय सुनिश्चित गर्न नसक्ने बताइन् ।

उनले गरिमाको हत्या प्रकरणमा पनि सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको उल्लेख गर्दै प्रश्न गरिन्, ‘एउटा शालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फिर्ता आउँछ ?’

सहमति पत्रले तत्काल आन्दोलन रोक्न र राहतले क्षणिक पीडा कम गर्न सक्ने भए पनि त्यसले दीर्घकालीन न्यायको अनुभूति दिलाउन तथा राज्यप्रतिको विश्वास पुनःस्थापित गर्न नसक्ने उनको भनाइ थियो ।

उनले भनिन्,‘सहमति पत्रले तत्काल आन्दोलन रोक्न त सक्ला, राहतले क्षणिक पीडा त कम गर्ला । तर यसले दीर्घकालिन न्यायको अनुभूति र राज्यको विश्वास पुनःस्थापित गर्न सक्दैन ।’

तपाइको प्रतिक्रिया
बालिका हत्या प्रकरण : आरोपीको बयान भिडियोमा, प्रहरी अनुसन्धानमाथि प्रश्न
स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु 
स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु 
‘एउटा शालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फिर्ता आउँछ ?’
देउवा र खड्काद्वारा सर्वोच्चमा बेग्लाबेग्लै रिट
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते
दुर्गा प्रसाईंको घरबाट नियन्त्रणमा लिइएका सामानसहित उपस्थित हुन प्रहरीलाई सर्वोच्चको आदेश
परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपालले सर्बियामा असंलग्न आन्दोलनमा सहभागिता जनाउने
नेपालले सर्बियामा असंलग्न आन्दोलनमा सहभागिता जनाउने
 बालिका हत्या प्रकरण: थप एक आरोपी पक्राउ 
बालिका हत्या प्रकरण: थप एक आरोपी पक्राउ 
मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन एमालेले जारी गर्‍यो ह्विप
लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×