मोरङको सुनवर्षीमा सर्पले टोकेर बालिकाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ९, मंगलबार १२:१४

विराटनगर । मोरङको सुनवर्षीमा विषालु सर्पले टोकेर मंगलबार बिहानका राति एक जना बालिकाको मृत्यु भएको छ ।

सुनवर्षी नगरपालिका–८ हर्चनगढीका जाग्रुदिन मियाँकी छोरी १० वर्षीया रेहाना खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नो घरमा सुतिरहेका बेला बिहानका राति २ः३० बजेतिर रेहानालाई सर्पले टोको थियो ।

Advertisement

दाहिने हातमा सर्पले डसेर अवस्था गम्भीर बनेपछि उपचारका लागि अभिभावकले रंगेली अस्पताल पुर्याएका थिए । उपचारकै क्रममा ३ः४५ बजेतिर चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रेहानालाई कुन प्रजातिको सर्पले डसेको हो भन्ने यकिन छैन । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×