देउवा र खड्काको रिट दर्ता, भदौ ११ गते सुनुवाइ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ९, मंगलबार १२:४४

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेका छुट्टाछुट्टै पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएका छन् ।

पार्टीको १५औँ महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले सोमबार पूरक निवेदन दिएका थिए । उनीहरूले दिएको पुरक निवेदन मंगलबार दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।

Advertisement

निवेदन दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । देउवा र खड्काको निवेदनमा विशेष महाधिवेशनबाट आएको भनिएको नेतृत्वले एकलौटी रूपमा सुरु गरेको महाधिवेशनको प्रक्रिया रोक्न माग गरिएको छ ।

रिटको सुनुवाइ ११ गतेका लागि तोकिएको सर्वोच्चका प्रवक्ता कोइरालाले जानकारी दिए ।

कांग्रेसको आधिकारिकता र नेतृत्व अद्यावधिकको विवादमा सर्वोच्च अदालतले सुरुबाटै सुनुवाइ गर्ने अनुमति दिएको छ । सर्वोच्चले सुरुबाटै सुनुवाइ गर्ने अनुमति दिएपछि पनि ‘एकलौटी महाधिवेशनको प्रक्रिया सुरु गरेको’ भन्दै इतर समूहले त्यो प्रक्रिया रोक्न सर्वोच्चमा सोमबार रिट दायर गरेको हो ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×