महिलामाथि जबरजस्ती करणीको आरोपमा तेह्रथुममा एक जना पक्राउ

Share this
644shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार ०८:३७
विदेश पठाउने प्रलोभनमा लाखौँ ठगी गर्ने तीन जना पक्राउ

तेह्रथुम । ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्।

छथर गाउँपालिका–२ मा भदौ ९ गते राति घरमा सुतिरहेको अवस्थामा स्थानीय ४४ वर्षीय लिलमबहादुर लिम्बुले महिलामाथि जबरजस्ती करणी गरेको सूचना प्रहरीले प्राप्त गरेको थियो।

Advertisement

सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले लिम्बुलाई सोही दिन नियन्त्रणमा लिएको जनाएको छ।

पीडित महिलाले इलाका प्रहरी कार्यालय वसन्तपुरमा जाहेरी दिएपछि आरोपितको स्वास्थ्य परीक्षण गरी प्रहरी हिरासतमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ल प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×