
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मोहम्मद जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले मोहम्मद जयन्तीले समाज रूपान्तरण, शान्ति, मानवता, करुणा, समानता र सामाजिक न्यायका लागि प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
नेपालको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषता राष्ट्रिय एकता र सामाजिक सद्भावको आधार भएको उल्लेख गर्दै उनले कोशी प्रदेश सरकार सबै जातजाति, धर्म, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा संवर्द्धनका लागि प्रतिबद्ध रहेको बताएका छन् ।
मुख्यमन्त्री कार्कीले मोहम्मद जयन्तीले नेपालीबीच आपसी सद्भाव, भाइचारा, एकता र मेलमिलापलाई अझ सुदृढ बनाउने विश्वाससमेत व्यक्त गरेका छन् ।




















