भोटेकोशीमा तिब्बततर्फबाट बाढी प्रवेश, उच्च सतर्कता अपनाउन आग्रह 

Share this
651shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार १०:०२

रसुवा । भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको छ। बुधबार बिहान ९:१५ बजे तिब्बततर्फबाट भोटेकोसी नदीमा ठूलो बाढी प्रवेश गरेको भन्दै बाढी पूर्वानुमान महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले अर्को सूचना जारी नभएसम्म रसुवादेखि त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो।

Advertisement

बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×