त्रिशूली नदीमा बाढीको जोखिम बढ्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार १०:५३

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको ठूलो बाढी त्रिशूली नदी हुँदै धादिङको गल्छी क्षेत्रसम्म पुगेपछि नदी आसपासका बस्तीमा जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै बाढी गल्छी आसपास पुगेको र आगामी केही घण्टामा मुग्लिन क्षेत्र पार गर्ने अनुमान गरेको जनाएको छ।

बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सावधानी अपनाउन आग्रह गरेको छ। पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ सडक आसपासका बस्ती र बजार क्षेत्रमा समेत बाढीको जोखिम बढ्न सक्ने भएकाले सुरक्षित स्थानमा सर्न अनुरोध गरिएको छ।

Advertisement

महाशाखाले नदी किनार तथा तल्लो भूभागमा रहेका नागरिकलाई जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नबस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ। बाढीको बहाव अझै तलतर्फ बढिरहेको भन्दै त्रिशूली नदी आसपासका क्षेत्रमा आगामी केही घण्टा विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

तपाइको प्रतिक्रिया
अहिलेसम्म कति जनाको भयो उद्धार ?, बाढीपीडितको उद्धारमा निजी हेलिकप्टरले अनुमति लिन नपर्ने
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
भोटेकोशीको बाढीले निम्त्यायो महासंकट : सरकारलाई सहयोग गरौं, उद्धार र राहतमा जुटौं
भोटेकोशीको बाढीले रसुवा र नुवाकोट तहसनहस, उद्धारका लागि ८ हेलिकप्टर परिचालन
स्याफ्रुबेसीदेखि टिमुरेसम्म सम्पर्कविहीन, उद्धारको पर्खाइमा सयौं नागरिक
रसुवा बाढीपछि उद्धारमा जुट्न रवि र गगनको अपिल, अफवाह नफैलाउन आग्रह
भोटेकोशीको बाढीले अकल्पनीय क्षति, दर्जनौँ बस्ती र बजार बगायो
नुवाकोटमा बाढी : त्रिशूली बजारका ६० घर बगे
रसुवाबाट आएको बाढीले नुवाकोटका बजारमा ठूलो क्षति, मानवीय क्षतिको पुष्टि छैन
मेडिकल टिमसहित सेनाको एमआई-१७ हेलिकप्टर रसुवातर्फ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×