नुवाकोटमा बाढी : त्रिशूली बजारका ६० घर बगे

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार ११:२९

नुवाकोट । रसुवाबाट आएको भीषण बाढीले नुवाकोटको त्रिशूली बजार आसपासका करिब ६० घर बगाएको छ। बाढीका कारण देवीघाट क्षेत्रसमेत प्रभावित भएको छ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार बाढी आउनुअघि पूर्वसूचना प्राप्त भएपछि त्रिशूली नदी आसपासका स्थानीय सुरक्षित स्थानमा गएकाले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।

Advertisement

बाढीले त्रिशूली बजारका केही घरसँगै त्रिशूली नदीमा रहेका दुईवटा पक्की पुलसमेत बगाएको छ। बाढीबाट त्रिशूली र देवीघाट जलविद्युत् आयोजना पनि क्षतिग्रस्त भएका छन्।

यस्तै, बाढीले २५ मेगावाट क्षमताको सौर्य प्लान्टका तीनवटा ब्लक र सबस्टेसनसमेत बगाएको प्रजिअ रेग्मीले जानकारी दिए। बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रशासनले जनाएको छ।

तपाइको प्रतिक्रिया
अहिलेसम्म कति जनाको भयो उद्धार ?, बाढीपीडितको उद्धारमा निजी हेलिकप्टरले अनुमति लिन नपर्ने
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
भोटेकोशीको बाढीले निम्त्यायो महासंकट : सरकारलाई सहयोग गरौं, उद्धार र राहतमा जुटौं
भोटेकोशीको बाढीले रसुवा र नुवाकोट तहसनहस, उद्धारका लागि ८ हेलिकप्टर परिचालन
स्याफ्रुबेसीदेखि टिमुरेसम्म सम्पर्कविहीन, उद्धारको पर्खाइमा सयौं नागरिक
रसुवा बाढीपछि उद्धारमा जुट्न रवि र गगनको अपिल, अफवाह नफैलाउन आग्रह
भोटेकोशीको बाढीले अकल्पनीय क्षति, दर्जनौँ बस्ती र बजार बगायो
नुवाकोटमा बाढी : त्रिशूली बजारका ६० घर बगे
रसुवाबाट आएको बाढीले नुवाकोटका बजारमा ठूलो क्षति, मानवीय क्षतिको पुष्टि छैन
मेडिकल टिमसहित सेनाको एमआई-१७ हेलिकप्टर रसुवातर्फ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×