स्याफ्रुबेसीदेखि टिमुरेसम्म सम्पर्कविहीन, उद्धारको पर्खाइमा सयौं नागरिक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार ११:५५

काठमाडौं । तिब्बततर्फबाट आएको भीषण बाढीका कारण रसुवाको उत्तरी क्षेत्रमा ठूलो क्षति भएको छ । भोटेकोशी नदीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती तथा संरचनामा क्षति पुर्‍याएपछि स्याफ्रुबेसीदेखि टिमुरेसम्मको अवस्था अझै यकिन हुन सकेको छैन ।

उक्त क्षेत्र हालसम्म सम्पर्कविहीन अवस्थामा छ । गोसाइकुण्ड गाउँपालिका–६ धुन्चेका वडाध्यक्ष दावा सिदार वाइबाका अनुसार स्याफ्रुबेसी बजारदेखि टिमुरेसम्म रहेका नागरिक तथा स्थानीयसँग सम्पर्क हुन सकेको छैन । बाढीका कारण टेलिफोन टावरमा क्षति पुगेको हो वा अन्य कारणले सम्पर्क विच्छेद भएको हो भन्ने स्पष्ट नभएको उनले बताए ।

Advertisement

‘हामी धुन्चेमा छौँ । तल कति क्षति भयो भन्ने केही जानकारी छैन । स्याफ्रुबेसी बजारदेखि टिमुरेसम्म कसैसँग पनि सम्पर्क हुन सकेको छैन । हामी आफैँ पनि त्यहाँ जान सक्ने अवस्था छैन,’ वडाध्यक्ष वाइबाले भने । उनका अनुसार नेपाली सेनाको हेलिकोप्टर उद्धार तथा अवस्थाको जानकारी लिन प्रभावित क्षेत्रतर्फ गएको छ । हेलिकोप्टर फर्किएपछि मात्रै बाढीबाट पुगेको क्षतिको प्रारम्भिक विवरण प्राप्त हुने अपेक्षा गरिएको छ ।

स्याफ्रुबेसी बजारसम्मै बाढी पुगेको स्थानीयबाट खबर आएको छ । प्रभावित क्षेत्रमा रहेका नागरिकको अवस्था र क्षतिको वास्तविक विवरण उद्धार टोली पुगेपछि मात्रै स्पष्ट हुने स्थानीय जनप्रतिनिधिको भनाइ छ ।

गोसाइकुण्ड गाउँपालिका–२ का वडासदस्य पेमा दोर्जे घलेका अनुसार टिमुरे बजारमा ठूलो क्षति पुगेको छ । सयभन्दा बढी घरपरिवार प्रभावित भएको र धेरै नागरिक सुरक्षित स्थानका रूपमा डाँडातिर बसेर उद्धारको प्रतीक्षा गरिरहेको उनले बताए ।

उनका अनुसार टिमुरे क्षेत्रमा मात्रै ठूलो संख्यामा नागरिक उद्धारको पर्खाइमा छन् । बाढीपछि केही मानिस रूख तथा अग्ला स्थानमा बसेर ज्यान जोगाइरहेको जानकारी स्थानीय तह र विपद् व्यवस्थापन निकायसम्म पुगेको छ ।

बाढीबाट प्रभावित बनेका सयौं नागरिक उद्धारको पर्खाइमा छन् । स्याफ्रुबेसी र टिमुरेबाट करिब एक हजार जनाले उद्धारका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सम्पर्क गरेको अधिकारीहरूले बताएका छन् । उनीहरूले आफूहरू जोखिमपूर्ण अवस्थामा रहेको भन्दै तत्काल उद्धारको माग गरेका छन् ।

टिमुरे र स्याफ्रुबेसी क्षेत्रमा बैंकका कर्मचारीसमेत सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको छ । प्रभु बैंकका ती दुई शाखामा कार्यरत १० जनामध्ये तीन जना तथा नबिल बैंकका एक कर्मचारी सम्पर्कविहीन रहेको भन्दै खोजी तथा उद्धारका लागि आग्रह गरिएको छ ।

बाढीको कारणका बारेमा प्रारम्भिक रूपमा हिमपहिरोका कारण नदी थुनिएर अचानक पानीको बहाव बढेको हुनसक्ने अनुमान गरिएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीका अनुसार बिहान करिब ८ः४० बजे बाढी नेपालतर्फ प्रवेश गरेको र त्यसपछि प्रभावित क्षेत्रबाट उद्धारका लागि लगातार सम्पर्क आउन थालेको थियो ।

प्रभावित क्षेत्रमा सञ्चार सम्पर्कसमेत प्रभावित भएकाले क्षतिको यकिन विवरण संकलनमा कठिनाइ भइरहेको छ । उद्धारका लागि नेपाली सेनासहितका सुरक्षा निकाय परिचालन भएका छन् भने हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिने र उद्धार गर्ने प्रयास भइरहेको छ ।

रसुवाको उत्तरी क्षेत्र लगायत विभिन्न जिल्लामा बाढीले पुर्‍याएको क्षतिको पूर्ण विवरण उद्धार टोली प्रभावित क्षेत्रमा पुगेपछि मात्रै प्राप्त हुने देखिएको छ । अहिले स्थानीयको मुख्य माग भनेको सम्पर्कविहीन नागरिकको अवस्था पत्ता लगाउँदै जोखिममा रहेका व्यक्तिको तत्काल उद्धार गर्नु रहेको छ ।

तपाइको प्रतिक्रिया
बाढीको वितण्डा : फेला पर्न थाले मृतकका शवहरू
भोटेकोशीमा आकस्मिक बाढी : चीनसँग समन्वय, पुनः बाढीको जोखिम
गृहमन्त्रीले संसद्लाई भोटेकोशी बाढीको जानकारी गराउने, प्रधानमन्त्रीको प्रश्नोत्तर स्थगित
बाढी प्रभावितको उद्धार र राहतमा जुट्न डा. शशांक कोइरालाको आग्रह
बाढी प्रभावितको उद्धार र राहतमा जुट्न डा. शशांक कोइरालाको आग्रह
४१ सुरक्षाकर्मी र १४ जना भन्सार कर्मचारी सम्पर्कविहीन
उद्धार एवं राहतमा जुट्न राष्ट्रपति र प्रधानमन्त्रीको अपिल
कांग्रेसको आकस्मिक बैठक
जोगबनी नाकाबाट आयात–निर्यात पुनः सुचारु
जोगबनी नाकाबाट आयात–निर्यात पुनः सुचारु
भोटेकोशीको बाढीले अवस्था भयावह (तस्बिरहरु)
अहिलेसम्म कति जनाको भयो उद्धार ?, बाढीपीडितको उद्धारमा निजी हेलिकप्टरले अनुमति लिन नपर्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×