बालेनलाई मोदीको फोन, उद्धार र राहतमा सहयोगको प्रतिबद्धता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार १९:१७

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई फोन गरेर भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति चासो र चिन्ता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहका प्रेस संयोजक सुरेन्द्र बजगाईंका अनुसार मोदीले नेपाललाई आवश्यक सहयोग गर्न भारत तयार रहेको प्रतिबद्धता जनाएका छन् । यसअघि मोदीले सामाजिक सञ्जालमार्फत बाढीबाट भएको क्षतिप्रति समवेदना व्यक्त गर्दै कठिन समयमा भारतका जनता नेपाली दिदीबहिनी तथा दाजुभाइसँग ऐक्यबद्ध भएर उभिएको बताएका थिए ।

Advertisement

मोदीले भारत नेपाललाई सम्भव सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार रहेको र उद्धार तथा राहतका लागि भारतीय टोलीले नेपाली पक्षसँग नजिकबाट समन्वय गरिरहेको समेत बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×