‘रसुवाको भोटेकोशी र सिन्धुपाल्चोकको भोटेकोशी एउटै होइनन्’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार २१:४९

विराटनगर । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएपछि ‘भोटेकोशी’ नदीबारे धेरैमा अन्योल देखिएको छ । विशेषगरी पूर्वी नेपालका कतिपय बासिन्दाले सिन्धुपाल्चोकको भोटेकोशीमा बाढी आएको र त्यसको असर कोशी नदीसम्म पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको पाइन्छ ।

तर रसुवामा बाढी आएको भोटेकोशी र सिन्धुपाल्चोकमा बग्ने भोटेकोशी फरक नदी हुन्। यी दुई नदीको उद्गम, बहाव क्षेत्र र अन्ततः मिसिने नदी प्रणालीसमेत फरक छन् ।

Advertisement

वातावरण क्षेत्रमा कार्यरत विनोद न्यौपानेका अनुसार सिन्धुपाल्चोक र रसुवामा ‘भोटेकोशी’ नामका दुईवटा छुट्टाछुट्टै नदी छन् । दुवै आ-आफ्नो क्षेत्रका ठूला नदी प्रणालीका महत्त्वपूर्ण सहायक नदी हुन् ।

सिन्धुपाल्चोकको भोटेकोशीको स्रोत चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको झाङझाङ्बु हिमनदी हो । तिब्बतमा पोइकु नामले चिनिने यो नदी नेपाल प्रवेश गरेपछि भोटेकोशीका रूपमा बग्छ । सिन्धुपाल्चोक हुँदै बग्ने यो नदी अन्ततः सुनकोशीमा मिसिन्छ र सप्तकोशी नदी प्रणालीको हिस्सा बन्छ ।

त्यसको विपरीत रसुवाको भोटेकोशी भने तिब्बतबाट आउने केरुङ खोला र ल्हेन्दे खोला रसुवागढी क्षेत्रमा मिसिएपछि नेपालमा भोटेकोशी नामले चिनिन्छ । यही नदीमा आएको बाढीले रसुवा र त्यसपछि नुवाकोटलगायत क्षेत्रमा ठूलो क्षति पुर्‍याएको हो ।

रसुवाको भोटेकोशी नदी पछि त्रिशूली नदीमा मिसिन्छ । त्रिशूली हुँदै यसको पानी नारायणी नदी प्रणालीमा पुग्छ, जुन सप्तगण्डकी नदी प्रणालीअन्तर्गत पर्छ ।

यसकारण रसुवाको भोटेकोशीमा आएको बाढीलाई सिन्धुपाल्चोकको भोटेकोशीसँग जोडेर हेर्नु भौगोलिक रूपमा सही नहुने जानकार बताउँछन् । एउटै नाम भएका भए पनि यी दुई नदी अलग–अलग जलप्रणालीमा पर्छन् ।

नदीको नाम एउटै भएकै कारण बाढीको प्रभाव एउटै क्षेत्रमा पर्ने भन्ने हुँदैन । बाढी तथा नदीजन्य विपद्बारे सही सूचना बुझ्न नदीको उद्गम, बहाव क्षेत्र र कुन नदी प्रणालीमा मिसिन्छ भन्ने भौगोलिक तथ्यलाई समेत ध्यान दिन आवश्यक रहेको न्यौपाने बताउँछन् ।

तपाइको प्रतिक्रिया
भारतले बाढीपीडितका लागि १० टन राहत सामग्री पठायो
रसुवाको बाढीमा ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी
जलविद्युत आयोजनाका १९६ भन्दा बढी कर्मचारी सम्पर्कविहीन
‘रसुवाको भोटेकोशी र सिन्धुपाल्चोकको भोटेकोशी एउटै होइनन्’
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९५ पुग्यो, २८ प्रहरी सम्पर्कविहीन
श्रद्धा र सद्भावका साथ १५०१ औँ मोहम्मद जयन्ती मनाइयो (फोटो फिचर) 
श्रद्धा र सद्भावका साथ १५०१ औँ मोहम्मद जयन्ती मनाइयो (फोटो फिचर) 
हिमताल विस्फोटबाट भएको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त 
बाढी पीडितको उद्धार र राहतमा जुट्न पूर्वराजाको अपिल
बाढीपीडितको उद्धार र राहतलाई तीव्र बनाउने प्रधानमन्त्री शाहको घोषणा
भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न एमाले नेता पर्शुराम बस्नेतको अपिल (भिडियोसहित)
एनआरएनएले दिने भयो बाढीपीडितका लागि ५ करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×