बाढीमा ज्यान गुमाउनेको संख्या १६२ पुग्यो

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ११, बिहीबार ०८:११
फोटो क्याप्सन : बाढीमा परेर घाइते भएकाको उद्धार गर्दै नेपाली सेना ।

काठमाडौं । रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या १६२ पुगेको छ । बाढी तथा पहिरोमा परेकामध्ये विभिन्न आठ जिल्लामा गरी १६२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार रसुवाबाट सुरु भएको खोज तथा उद्धारका क्रममा नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा समेत शव फेला परेका हुन् । प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको छ ।

Advertisement

बाढीबाट प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् । बेपत्ता तथा प्रभावित व्यक्तिको खोजी जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×