रसुवा बाढीमा मृत्यु हुनेको संख्या १७५ पुग्यो

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ११, बिहीबार ११:५१

काठमाडौं । रसुवा केन्द्रबिन्दु भएर आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या १७५ पुगेको छ । २८ देशका ४७६ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ ।

भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवनमा ठूलो क्षति पुर्‍याएको छ । भेटिएकाहरुको शव पहिचान गर्ने तथा बेपत्ताको खोजी गर्ने काम जारी छ ।

Advertisement

प्रारम्भिक विवरणअनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरीका १३ जना सुरक्षाकर्मी अझै सम्पर्कमा आएका छैनन् । नेपाल पर्यटन बोर्डका अनुसार ४६६ विदेशी र ११३ नेपाली यात्रुको अवस्था पनि अज्ञात छ । टिमुरेबाट ९४ नेपाली र २९ विदेशी गरी १२३ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

बाढीबाट ३५ मोटरेबल पुल, ४५ झोलुंगे पुल र करिब ४० किलोमिटर सडकमा क्षति पुगेको छ । सेना, प्रहरी र हेलिकोप्टरमार्फत उद्धार तथा राहत अभियान तीव्र पारिएको छ । भारतले पनि १० टन राहत सामग्री सहयोग गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×