बाढीपीडितका नाममा जथाभावी क्यूआर कोड र बैंक खाता सार्वजनिक नगर्न सरकारको आग्रह

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १२, शुक्रबार १४:१०

काठमाडौं । सरकारले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्दा सजग रहन आग्रह गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गर्दै केही व्यक्ति, समूह तथा संस्थाले जथाभावी अनधिकृत क्यूआर कोड र व्यक्तिगत बैंक खाता नम्बर सार्वजनिक गरी रकम संकलन गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, उचित व्यवस्थापन तथा सम्भावित आर्थिक ठगीबाट बच्न सरकारले सार्वजनिक गरेको प्रधानमन्त्री विपद् राहत कोष, विपद् राहत कोष वा पीडीपीएफ नामका आधिकारिक खातामा मात्र आर्थिक सहयोग गर्न कार्यालयले अनुरोध गरेको छ ।

Advertisement

प्रधानमन्त्री कार्यालयले बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुट्नु सकारात्मक भए पनि अनधिकृत क्यूआर कोड तथा व्यक्तिगत बैंक खातामार्फत रकम संकलन गर्दा सहयोगको सही व्यवस्थापनमा समस्या आउन सक्ने जनाएको छ । सरकारले विपद्को समयमा सहयोग रकमको दुरुपयोग हुन नदिन र आर्थिक ठगीबाट जोगिन सबैलाई सचेत रहन आग्रह गरेको छ ।

साथै, बाढीपीडितका लागि आर्थिक सहयोग गर्न इच्छुक व्यक्ति, समूह तथा संस्थालाई आधिकारिक माध्यमबाट मात्र सहयोग उपलब्ध गराउन अनुरोध गरिएको छ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
बाढीपीडितलाई इलामका दुई पालिकाको ३५ लाख सहयोग
नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा निधन, युवराज हाकोन बने नयाँ राजा
शवको खोजी र संकलनका लागि थप १२ सय सैनिक परिचालन
शवको खोजी र संकलनका लागि थप १२ सय सैनिक परिचालन
भारतमा भेटियो सात वटा शव
भारतमा भेटियो सात वटा शव, नेपालबाट बगेर गएको आशंका
नयाँ हिमतालले बढायो जोखिम, सीले दिए कडा निर्देशन
भोटेकोशीमा बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह
बाढीपीडितका नाममा जथाभावी क्यूआर कोड र बैंक खाता सार्वजनिक नगर्न सरकारको आग्रह
मन्त्रिपरिषद्का निर्णय : बाढीपीडितका लागि राहत प्याकेजदेखि २५ हजार मेट्रिकटन मल खरिदसम्म
चीनमा भूकम्पको धक्का महसुस
चीनमा भूकम्पको धक्का महसुस
 त्रिशूली र भोटेकोशी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रहरीको आग्रह
त्रिशूली र भोटेकोशी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रहरीको आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×