भोटेकोशीमा बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

Share this
782shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १२, शुक्रबार १४:१८

रसुवा । चीनतर्फको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम नजिक बनेको ताल फुटेपछि भोटेकोशी नदीमा पानीको बहाव बढेको छ । बाढीको बहाव बढ्दै गएपछि भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार भोटेकोशीमा पानीको सतह बढेसँगै बाढी स्याफ्रुबेँसी क्षेत्र पार गरिसकेको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्मका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।

Advertisement

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चीनतर्फबाट ताल फुटेको सूचना प्राप्त भएपछि तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको हो । छोचेन खोला र पुरेपु त्साङ्पो नेपालतर्फ रसुवागढी नजिक प्रवेश गरेपछि भोटेकोशी नदीमा मिसिन्छन् ।

बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो । चीनको जलस्रोत मन्त्रालयले आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने अनुमान गरेको थियो । सम्भावित जोखिमलाई ध्यानमा राख्दै चिनियाँ जलस्रोत मन्त्रालयले तालको अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाएको छ ।

बाढीको अवस्था थप गम्भीर हुन सक्ने भएकाले नदी आसपासका बस्ती तथा तटीय क्षेत्रका नागरिकलाई जोखिमयुक्त स्थानबाट टाढा रहन र आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । स्थानीयलाई सरकारी तथा सम्बन्धित निकायबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र सोहीअनुसार सुरक्षा उपाय अपनाउन पनि अनुरोध गरिएको छ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
बाढीपीडितलाई इलामका दुई पालिकाको ३५ लाख सहयोग
नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा निधन, युवराज हाकोन बने नयाँ राजा
शवको खोजी र संकलनका लागि थप १२ सय सैनिक परिचालन
शवको खोजी र संकलनका लागि थप १२ सय सैनिक परिचालन
भारतमा भेटियो सात वटा शव
भारतमा भेटियो सात वटा शव, नेपालबाट बगेर गएको आशंका
नयाँ हिमतालले बढायो जोखिम, सीले दिए कडा निर्देशन
भोटेकोशीमा बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह
बाढीपीडितका नाममा जथाभावी क्यूआर कोड र बैंक खाता सार्वजनिक नगर्न सरकारको आग्रह
मन्त्रिपरिषद्का निर्णय : बाढीपीडितका लागि राहत प्याकेजदेखि २५ हजार मेट्रिकटन मल खरिदसम्म
चीनमा भूकम्पको धक्का महसुस
चीनमा भूकम्पको धक्का महसुस
 त्रिशूली र भोटेकोशी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रहरीको आग्रह
त्रिशूली र भोटेकोशी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रहरीको आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×