भोटेकोशी बाढीपछि विराटनगर घर भएकी इन्जिनियर ऋचा निरौला सम्पर्कविहीन

Share this
808shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १२, शुक्रबार १८:४३

विराटनगर । भोटेकोशी क्षेत्रमा आएको अकल्पनीय बाढीपछि अपर त्रिशुली हाइड्रोपावर–१ एचईपी (२१६ मेगावाट)मा कार्यरत इन्जिनियर विराटनगर महानगरपालिका–३ की २४ वर्षीया ऋचा निरौला सम्पर्कविहीन भएकी छन् ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–७ स्थायी ठेगाना भएकी ऋचाको परिवार हाल विराटनगर–३ मा बसोबास गर्छ । परिवारका अनुसार उनी करिब ५ महिनादेखि रसुवाको उत्तरगया गाउँपालिकामा रहेको हाइड्रोपावरमा काम गर्दै आएकी थिइन् ।

Advertisement

बाढी आएपछि छोरी सम्पर्कविहीन भएको भन्दै उनका बुवा लीलाप्रसाद निरौलाले खोजीका लागि सबै सरकारी तथा गैरसरकारी निकाय, सुरक्षा निकाय, सञ्चारमाध्यम तथा सर्वसाधारणसँग अपिल गरेका छन् । लीलाप्रसादका अनुसार प्रहरीको माध्यमबाट बाढी आएको दिन बुधबार ऋचा बाढी प्रभावित क्षेत्रबाट केहीमाथि जंगलतर्फ गएको जानकारी प्राप्त भएको छ ।

मोबाइल लोकेसन ट्र्याक गर्दा ऋचा उत्तरगया गाउँपालिका–१ स्थित तिरु आधारभूत विद्यालयसम्म पुगेको जानकारी आएको उनले बताए । उक्त विद्यालय बाढी प्रभावित क्षेत्रभन्दा केही माथि रहेको बताइएको छ । तर, त्यो विद्यालय पुगेपछि उनीसँग सम्पर्कविच्छेद भएको बताइएको छ ।

‘प्रहरीको च्यानलबाट एउटा जानकारी आएको छ । एक जना साथीले बाढी आएको दिन बुधबार उनी बाढी आएको क्षेत्रबाट जंगलतर्फ गएको जानकारी दिएका छन् । मोबाइल लोकेसन ट्र्याक गर्दा तिरु आधारभूत विद्यालयसम्म गएको देखिएको जानकारी आएको छ,’ लीलाप्रसादले भने ।

उनका अनुसार ऋचासँग सम्पर्क गर्ने प्रयास गर्दा मोबाइल बन्द रहेको सूचना मात्र आउने गरेको छ । छोरीको अवस्थाका बारेमा यकिन जानकारी नहुँदा परिवार अत्यन्तै तनावमा रहेको उनले बताए ।

ऋचासँगै अपर त्रिशुली हाइड्रोपावरमा कार्यरत अन्य केही इन्जिनियरसमेत बाढीपछि सम्पर्कविहीन रहेको जानकारी परिवारले पाएको छ । ‘छोरीसँगै काम गर्ने अन्य इन्जिनियरहरू पनि सम्पर्कविहीन रहेको जानकारी आएको छ । हामी परिवार पीडामा छौँ,’ लीलाप्रसादले भने ।

परिवारले ऋचाको खोजी तथा अवस्थाका बारेमा जानकारी लिन सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय बासिन्दा, सञ्चारमाध्यम तथा सम्बन्धित सबै पक्षसँग सहयोगका लागि अनुरोध गरेको छ । साथै, खोजीका क्रममा सहयोग पुर्‍याउने सबैप्रति परिवारले आभार व्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
खोटाङमा ट्याक्टर दुर्घटना : बालकको मृत्यु, १९ जना घाइते
बाढीले जलविद्युत् आयोजना तहसनहस, ९३४ कामदार अझै सम्पर्कविहीन
भोटेकोशी बाढीपछि ज्यान गुमाउनेको संख्या साढे पाँच सय नाघ्यो
भोटेकोशी बाढीपछि विराटनगर घर भएकी इन्जिनियर ऋचा निरौला सम्पर्कविहीन
इलामको माईखोलामा एक्कासि लेदोसहितको बाढी आएपछि…
जटिल उद्धारमा आवश्यक परे अन्तर्राष्ट्रिय प्राविधिक सहयोग लिने सरकारको तयारी
बाढीले देश अस्तव्यस्त, सत्ताका जिम्मेवारहरू भने रात्रिभोजमा
भोटेकोशी बाढीपछि कोशी प्रदेशका १३८ जनाको अवस्था अज्ञात
रसुवामा फेरि गुड्न थाले साना सवारी
रोजगारीका लागि रसुवा पुगेका झापाका १२ जना सम्पर्कविहीन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×