भोटेकोशी बाढीपछि ज्यान गुमाउनेको संख्या साढे पाँच सय नाघ्यो

Share this
786shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १२, शुक्रबार १८:५२

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि ज्यान गुमाउनेको संख्या साढे पाँच सय नाघेको छ । पछिल्लो विवरण अनुसार विभिन्न जिल्लामा फेला परेका शवको संख्या ५ सय ५३ पुगेको छ । बाढीमा परेर २७ जना प्रहरी अझै सम्पर्कविहीन छन् ।

नेपाल प्रहरीले शुक्रबार साँझ सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लामा गरी हालसम्म ५ सय ५३ वटा शव फेला परेका छन् । फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ३८, चितवनमा २२२, तनहुँमा ३१, धादिङमा ४०, गोरखामा ४७, नवलपरासी पूर्वमा १३४ र पश्चिम क्षेत्रमा २८ वटा रहेका छन् ।

Advertisement

बाढीपछि उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि ४ हजार ४८९ जना प्रहरी परिचालन गरिएको छ । बाढीबाट प्रभावित क्षेत्रमा घाइते तथा उद्धार गरिएका व्यक्तिको संख्या १ हजार ४७३ पुगेको छ । जसमध्ये रसुवामा ५७२, नुवाकोटमा ८९८ र धादिङमा ३ जना रहेका छन् ।

यसैगरी, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या ९७ जना रहेको प्रहरीले जनाएको छ । बाढीपछि बेपत्ता तथा प्रभावित व्यक्तिको खोजी, उद्धार र राहत कार्यलाई प्रहरीले निरन्तरता दिइरहेको छ । सम्पर्कविहीन प्रहरी कर्मचारीको खोजी तथा उद्धार कार्यसमेत जारी रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले बताए ।

तपाइको प्रतिक्रिया
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
खोटाङमा ट्याक्टर दुर्घटना : बालकको मृत्यु, १९ जना घाइते
बाढीले जलविद्युत् आयोजना तहसनहस, ९३४ कामदार अझै सम्पर्कविहीन
भोटेकोशी बाढीपछि ज्यान गुमाउनेको संख्या साढे पाँच सय नाघ्यो
भोटेकोशी बाढीपछि विराटनगर घर भएकी इन्जिनियर ऋचा निरौला सम्पर्कविहीन
इलामको माईखोलामा एक्कासि लेदोसहितको बाढी आएपछि…
जटिल उद्धारमा आवश्यक परे अन्तर्राष्ट्रिय प्राविधिक सहयोग लिने सरकारको तयारी
बाढीले देश अस्तव्यस्त, सत्ताका जिम्मेवारहरू भने रात्रिभोजमा
भोटेकोशी बाढीपछि कोशी प्रदेशका १३८ जनाको अवस्था अज्ञात
रसुवामा फेरि गुड्न थाले साना सवारी
रोजगारीका लागि रसुवा पुगेका झापाका १२ जना सम्पर्कविहीन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×