देशभर वर्षाको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १३, शनिबार ०६:५५

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज (शनिबार) पनि अधिकांश भू–भागमा वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर र पूर्वतर्फ सरदर स्थान आसपास रहेको छ ।

शनिबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहेको छ भने देशका अन्य भू–भागमा आंशिक बदली देखिएको छ । देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षासमेत भइरहेको विभागले जनाएको छ ।

Advertisement

शनिबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली तथा पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णाली प्रदेशको पहाडी क्षेत्र तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । शनिबार राति पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका धेरै स्थानमा, लुम्बिनीका केही तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

रातको समयमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका धेरै स्थान तथा कोशीका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि केही स्थानमा वर्षा हुन सक्नेछ । तराईका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा भारी वर्षा हुन सक्ने तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ ।

यसैबीच, शनिबार बिहान देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । विभागले बिहान ४ः४० बजे सार्वजनिक गरेको विवरणअनुसार सिन्धुपाल्चोकको दुवाचौर मौसम मापन केन्द्रमा पछिल्लो एक घण्टामा १९.६ मिलिमिटर वर्षा मापन भएको छ । उक्त अवधिमा दुवाचौरमा देशकै सबैभन्दा धेरै वर्षा मापन गरिएको हो ।

हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । वर्षा भइरहेका क्षेत्र तथा आसपासका भू–भागमा थप वर्षा हुन सक्ने भएकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
भोटेकोशी बाढीः पुनर्निर्माणमा करिब ७ खर्ब ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान
विराटनगर इक्राहीको धान खेतमा नवजात शिशु फेला
विदेश पठाउने प्रलोभनमा लाखौँ ठगी गर्ने तीन जना पक्राउ
बाढीमा बगेको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ
विपत्तिको चौथो दिनः शव फेला पर्ने क्रमसँगै एकीकृत तथ्यांक संकलन जारी
चितवनमा भेटिएका २२९ शव डीएनए नमुना राखेर व्यवस्थापन गरिने
त्रिशूली सुरुङमा फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
‘ग्लोबल वार्मिङ’ गर्ने देशहरूले नेपाललाई क्षतिपूर्ति दिनुपर्छ
काठमाडौं-मुग्लिङ सडकमा यातायात सञ्चालन
बाढीपहिरो: मृत्यु हुनेको संख्या ६१६, उद्धार २,३०१
बाढीपीडितका लागि क्यानाडाले दियो ५० लाख क्यानेडियन डलर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×