पूर्वराजा ज्ञानेन्द्र झापामा

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १३, शनिबार ०७:०३

झापा । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार साँझ झापा आइपुगेका छन् । बुद्ध एयरमार्फत भद्रपुर विमानस्थल ओर्लिएका शाह छोरी प्रेरणा राज्यलक्ष्मी देवी सिंहसहित दमकतर्फ गएका हुन् । उनी दमकस्थित हिमालय–महालक्ष्मी चिया बगान परिसरमा रहेको ‘मिनी दरबार’मा बस्नेछन् ।

पूर्वराजा शाहको झापा बसाइ भदौ १६ गतेसम्म रहने बताइएको छ । भ्रमणको औपचारिक कार्यक्रम भने सार्वजनिक गरिएको छैन । प्रारम्भिक विवरणअनुसार उनको भ्रमण निजी प्रकृतिको रहेको बताइए पनि आगमनसँगै राजसंस्था समर्थक वृत्तमा चासो बढेको छ ।

Advertisement

शाहको स्वागतका लागि नेपाल विद्वत् परिषद्का केन्द्रीय अध्यक्ष जीतबहादुर अर्जेल, उपाध्यक्ष बल्लवप्रसाद दाहाल लगायत भद्रपुर विमानस्थल पुगेका थिए । पूर्वराजा शाह विगतमा पनि झापा आउँदा दमकलाई आफ्नो मुख्य बसाइको थलो बनाउँदै आएका छन् ।

राजसंस्था पुनःस्थापनाको बहस चलिरहेका बेला पूर्वराजाको झापा आगमन तथा उनको गतिविधि र सम्भावित भेटघाटप्रति चासो बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×