बाढी र पहिरोले मुख्य राजमार्ग प्रभावित

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १३, शनिबार ०८:०१

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार काठमाडौं उपत्यकासहित कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा पूर्ण तथा आंशिक अवरोध देखिएको हो । काठमाडौंको नागढुंगा–मुग्लिन सडकखण्ड बाढीको सम्भावित जोखिमका कारण प्रभावित भएको छ । बैरेनी बजारको करिब एक किलोमिटर क्षेत्रमा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

कोशी प्रदेशअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सो क्षेत्रमा वैकल्पिक बाटो भने रहेको प्रहरीले जनाएको छ।

बागमती प्रदेशमा काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा रातिको समयमा सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहानको समयमा भने अवस्था हेरेर सवारी सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ ।

मकवानपुरको हेटौँडा–भीमफेदी–बागमती–ललितपुर सडकखण्डमा पनि रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ । त्यस्तै, कान्तिलोकपथमा समेत वर्षाका कारण राति सवारी सञ्चालन बन्द गरिएको छ ।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा अत्यावश्यक सेवाबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

रसुवामा बाढी तथा पहिरोका कारण सडकको अवस्था थप जोखिमपूर्ण बनेको छ । उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै, जिल्लाका अन्य मुख्य सडकखण्डमा समेत यातायात प्रभावित भएको प्रहरीले जनाएको छ ।

धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–१० का ज्वाङखोला, गजुरी, गलौंदी, जहरेखेत, बाङ्गेमोड तथा बैरेनीलगायतका क्षेत्रमा बाढी, लेदो र पहिरोको जोखिम देखिएको छ । उक्त सडकमा अवस्था हेरेर एकतर्फी रूपमा सवारी सञ्चालन गरिएको छ ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ कोदारी क्षेत्रमा पहिरो तथा सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । लुम्बिनी प्रदेशको रोल्पास्थित परिवर्तन गाउँपालिका–४ खरिबोटमा पहिरो खसेपछि सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

त्यसैगरी कर्णाली प्रदेशको रुकुम पश्चिममा आठबीसकोट नगरपालिका–६ रिजेगाड खोलास्थित जाजरकोट–डोल्पा सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीले वर्षायाममा जुनसुकै बेला बाढी, पहिरो तथा सडक कटान हुनसक्ने भएकाले यात्रामा निस्कनुअघि सडकको अवस्थाका बारेमा जानकारी लिएर मात्र यात्रा गर्न र जोखिमयुक्त सडकमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
सुरुङमा फसेकाको उद्धारका लागि प्रयास तीव्र
अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेस नेता आङदेम्बेको माग
बाढीपछि संक्रमणको जोखिम, सतर्कता अपनाउन चिकित्सकको आग्रह
भोटेकोशी बाढीः पुनर्निर्माणमा करिब ७ खर्ब ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान
विराटनगर इक्राहीको धान खेतमा नवजात शिशु फेला
विदेश पठाउने प्रलोभनमा लाखौँ ठगी गर्ने तीन जना पक्राउ
बाढीमा बगेको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ
विपत्तिको चौथो दिनः शव फेला पर्ने क्रमसँगै एकीकृत तथ्यांक संकलन जारी
चितवनमा भेटिएका २२९ शव डीएनए नमुना राखेर व्यवस्थापन गरिने
त्रिशूली सुरुङमा फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
‘ग्लोबल वार्मिङ’ गर्ने देशहरूले नेपाललाई क्षतिपूर्ति दिनुपर्छ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×