भोटेकोशी बाढीः पुनर्निर्माणमा करिब ७ खर्ब ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १३, शनिबार १२:४५

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोसीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि नेपाललाई ४ देखि ५ अर्ब अमेरिकी डलर (करिब ७ खर्ब ६५ अर्ब रुपैयाँ) आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको बताएका छन् ।

शनिबार ‘रोयटर्स’ सँगको कुराकानीमा अर्थमन्त्री वाग्लेले बाढीबाट भएको क्षतिको पुनर्निर्माण तथा पूर्वाधार पुनःस्थापनाका लागि उक्त रकम आवश्यक पर्ने बताएका हुन् ।

Advertisement

उनका अनुसार अहिले क्षति तथा नोक्सानीको विस्तृत मूल्याङ्कन भइरहेको छ । त्यसैले ४ देखि ५ अर्ब डलरको अनुमान प्रारम्भिक मात्र रहेको उनले स्पष्ट पारे ।

बाढीबाट सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेपछि सरकारले पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापनबारे तयारी थालेको छ ।

तपाइको प्रतिक्रिया
सुरुङमा फसेकाको उद्धारका लागि प्रयास तीव्र
अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेस नेता आङदेम्बेको माग
बाढीपछि संक्रमणको जोखिम, सतर्कता अपनाउन चिकित्सकको आग्रह
भोटेकोशी बाढीः पुनर्निर्माणमा करिब ७ खर्ब ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान
विराटनगर इक्राहीको धान खेतमा नवजात शिशु फेला
विदेश पठाउने प्रलोभनमा लाखौँ ठगी गर्ने तीन जना पक्राउ
बाढीमा बगेको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ
विपत्तिको चौथो दिनः शव फेला पर्ने क्रमसँगै एकीकृत तथ्यांक संकलन जारी
चितवनमा भेटिएका २२९ शव डीएनए नमुना राखेर व्यवस्थापन गरिने
त्रिशूली सुरुङमा फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
‘ग्लोबल वार्मिङ’ गर्ने देशहरूले नेपाललाई क्षतिपूर्ति दिनुपर्छ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×