अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेस नेता आङदेम्बेको माग

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १३, शनिबार १३:०८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार तथा राहतका लागि अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न माग गरेका छन् ।

आङदेम्बेले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग भेट गरी उद्धार तथा राहतका विषयमा नौबुँदे माग प्रस्तुत गरेका हुन् ।

Advertisement

सुरुङ, भग्नावशेष तथा अन्य स्थानमा नागरिक फसेको हुनसक्ने भन्दै उनले जीवितै उद्धारका लागि आवश्यकताअनुसार अन्तर्राष्ट्रिय उद्धारकर्ता तथा विशेषज्ञको सहयोग लिन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

विशेषगरी जलविद्युत् आयोजनाका सुरुङमा नागरिक फसेको सम्भावना रहेकाले उनीहरूको तत्काल खोजी तथा उद्धार गर्नुपर्नेमा आङदेम्बेले जोड दिएका थिए ।

‘समयमै उद्धार नहुँदा जीवितै भेटाउने सम्भावना कम हुनसक्ने भएकाले मैले त्यसतर्फ सरकारको सम्पूर्ण प्राथमिकता जाओस् भनेर ध्यानाकर्षण गराएको छु, जोड पनि गरेको छु,’ आङदेम्बेले भने।

प्रधानमन्त्री शाहले भने मौसम खराब र भौगोलिक कठिनाइका कारण उद्धारमा केही ढिलाइ भइरहेको बताउँदै उद्धार कार्यमा कुनै कमी हुन नदिएको बताएका थिए। करिब २५ मिनेट भएको भेटमा अन्तर्राष्ट्रिय विशेषज्ञको सहयोग लिने विषयमा भने प्रधानमन्त्रीले स्पष्ट धारणा नराखेको आङदेम्बेले बताए ।

तपाइको प्रतिक्रिया
सुरुङमा फसेकाको उद्धार गर्न चीनले पठाउँदै विशेषज्ञ टोली
सुरुङमा फसेकाको उद्धारका लागि प्रयास तीव्र
अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेस नेता आङदेम्बेको माग
बाढीपछि संक्रमणको जोखिम, सतर्कता अपनाउन चिकित्सकको आग्रह
भोटेकोशी बाढीः पुनर्निर्माणमा करिब ७ खर्ब ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान
विराटनगर इक्राहीको धान खेतमा नवजात शिशु फेला
विदेश पठाउने प्रलोभनमा लाखौँ ठगी गर्ने तीन जना पक्राउ
बाढीमा बगेको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ
विपत्तिको चौथो दिनः शव फेला पर्ने क्रमसँगै एकीकृत तथ्यांक संकलन जारी
चितवनमा भेटिएका २२९ शव डीएनए नमुना राखेर व्यवस्थापन गरिने
त्रिशूली सुरुङमा फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×