
काठमाडौं । नेपालको आग्रहमा चीनले सुरुङमा फसेका नेपालीको उद्धारका लागि विशेषज्ञ टोली पठाउने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ एक्सपर्ट टिम सम्भवतः आज (शनिबार) नै नेपाल आइपुग्ने र आइतबारदेखि उद्धार कार्यमा खटिनेछ ।
विभिन्न सुरुङमा फसेकाको उद्धारका लागि नेपालको जनशक्ति मात्र पर्याप्त नभएपछि नेपालले भारत र चीनसँग दक्ष जनशक्तिको सहयोग मागेको थियो । भारतले ११ सदस्यीय टोली पठाइसकेको छ भने चीनबाट दुईवटा टोली नेपाल आउन लागेको मन्त्रालयले जनाएको छ ।
नेपाल–तिब्बत सीमा क्षेत्रमा हिमपहिरोपछि आएको बाढीमा मृत्यु हुनेको संख्या ६१६ पुगेको छ भने तीन हजारभन्दा बढी सम्पर्कविहीन छन् ।

























