फाइल तस्बिरविराटनगर । धार्मिक आस्था र सांस्कृतिक महत्त्व बोकेको विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्राबाट संकलन हुने दान, दक्षिणा तथा भेटी यसपटक विपदमा परेका नागरिकको राहतमा प्रयोग हुने भएको छ ।
रथयात्राका क्रममा संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्ने निर्णय आयोजक समितिले गरेको हो ।
भोटेकोशी बाढीलगायत प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुरयाउने उद्देश्यले यस्तो निर्णय गरिएको समितिले जनाएको छ ।
समितिले रथयात्राबाट संकलित रकमको विवरण पारदर्शी रूपमा सार्वजनिक गरी एकमुष्ट रूपमा सरकारी राहत कोषमा दाखिला गर्ने जनाएको छ । राधाकृष्ण रथयात्रामा नेपालका विभिन्न स्थानसँगै भारतबाट समेत ठूलो संख्यामा श्रद्धालु सहभागी हुने गर्छन् ।

























