बिना अनुमति नेपाल प्रवेश गरेका दुई भारतीय प्रहरी नियन्त्रणमा

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १३, शनिबार १७:१३

काठमाडौं । नेपाल प्रहरीसँग समन्वय र पूर्वजानकारीबिना नेपाली भूमिमा प्रवेश गरी एक नेपाली नागरिकलाई पक्राउ गर्न खोजेको आरोपमा दुई भारतीय प्रहरी कञ्चनपुरमा नियन्त्रणमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शनिबार बिहान कर्नाटकबाट आएका कर्नाटक प्रहरीका असई सतिश एमआर र प्रहरी जवान अल्फाब आरएसलाई इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले नियन्त्रणमा लिएको हो ।

Advertisement

उनीहरू दोधारा चाँदनीका शङ्कर लुहारलाई पक्राउ गर्ने उद्देश्यले उनको घरसम्म पुगेका थिए । घटनाबारे माथिल्लो प्रहरी निकायलाई जानकारी गराइएको र प्राप्त निर्देशनअनुसार उनीहरूलाई छाड्ने वा थप प्रक्रिया अघि बढाउने निर्णय हुने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×