विपद् राहतका लागि पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीले योगदान गर्ने

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १३, शनिबार १९:४७

काठमाडौं । प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन पूर्वाञ्चल विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीले आफ्नो तलबबाट योगदान गर्ने भएका छन् ।

विश्वविद्यालय कार्यकारी परिषद्को निर्णयअनुसार भदौ महिनाको तलब भुक्तानी गर्दा पदअनुसार निश्चित रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ ।

Advertisement

निर्णयअनुसार उपकुलपति र रजिस्ट्रारले एक महिनाको तलब तथा डिन, परीक्षा नियन्त्रक, प्राध्यापक र प्रशासनतर्फका सम्बन्धित कर्मचारीले आधा महिनाको तलब योगदान गर्नेछन् । सह–प्राध्यापक र मुख्य अधिकृतले १० दिन तथा उपप्राध्यापक, वरिष्ठ अधिकृत, सहायक प्राध्यापक, शिक्षण सहायक र अधिकृतले सात दिन बराबरको तलब दिनेछन् ।

त्यस्तै, मुख्य सहायक र सहायकबाट पाँच दिन तथा सवारीचालक, कार्यालय सहयोगीलगायत श्रेणीविहीन कर्मचारीबाट दुई दिन बराबरको तलब कट्टा गरिने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले सम्बन्धन प्राप्त कलेज तथा क्याम्पसलाई पनि विपद् प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनामा आर्थिक सहयोग गर्न आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×