कोशी प्रदेशका बेपत्ता १६७ मध्ये २१ जना मात्र सम्पर्कमा

Share this
782shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १३, शनिबार २०:१५

विराटनगर । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा कोशी प्रदेशका १६७ जना बेपत्ता भएकोमा १४५ जना अझै सम्पर्कविहीन छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार २१ जना सम्पर्कमा आएका छन् भने दुई जनाको उद्धार गरिएको र एक जना घाइते अवस्थामा भेटिएका छन् । इलामका एक जनाको मृत्यु पुष्टि भएको छ ।

Advertisement

सम्पर्कविहीनमध्ये सोलुखुम्बुका ३९, ओखलढुंगाका १९, उदयपुर, मोरङ र सुनसरीका १६–१६ तथा झापाका १० जना छन् ।

अन्य जिल्लाबाट पनि नागरिक सम्पर्कविहीन छन् । उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×