‘ठूलो बाढीको खतरा छैन’

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १४, आइतबार ०६:२५

काठमाडौं । भोटेकोशी नदीको बहाव बढे पनि रसुवा, नुवाकोट र धादिङका तटीय क्षेत्रमा तत्काल ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार नदीको बहाव केही बढेको छ । तर, अवस्था सामान्य रहेकाले नदी आसपासमा तत्काल ठूलो बाढीको खतरा नरहेको हो । तत्काल ठूलो बाढीको जोखिम नरहे पनि तटीय क्षेत्रका बासिन्दाले भने सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।

Advertisement
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×