चीनद्वारा नेपाललाई ५० टन राहत सामग्री

Share this
668shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १४, आइतबार १०:३८

काठमाडौं । चीन सरकारले नेपालका बाढी प्रभावितका लागि ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ । सामग्री लिएर चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुई वटा वाई–२० ठूला ढुवानी विमान आइतबार बिहान करिब ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार राहत सामग्रीसँगै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ आवश्यक उपकरणसहित नेपाल आएका छन् । उनीहरूले बाढीका कारण सुरुङमा फसेकाको उद्धारमा सहयोग गर्नेछन् ।

Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र प्रतिनिधिसभा सदस्य धर्म केसीको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको थियो । सो अवसरमा चिनियाँ उद्धार विशेषज्ञलाई स्वागतसमेत गरिएको दूतावासले जनाएको छ ।

तपाइको प्रतिक्रिया
सुरुङमा कोही भेटिएनन्
विपद् प्रभावितका लागि सिक्किमले पठायो राहत
जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको खोज तथा उद्धार तीव्र
पहिरोले दुई महिना थुनिएको मेची राजमार्गमा गुड्न थाले साना सवारी
सन्दीपको पाँच विकेटमा बहराइन ढल्यो, प्रिमियर कपमा नेपालले गर्‍यो शानदार सुरुवात
भोटेकोशी बाढी संकट : प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग लिए जानकारी
एउटै शवमा तीन परिवारको दाबी, पहिचानका लागि डीएनए परीक्षण हुँदै
बाढीपछि मधेस प्रदेशका १५१ जना सम्पर्कविहीन
प्रहरीको कामकारबाही रेकर्ड गर्न पाउनुपर्ने माग, सर्वोच्चमा रिट दर्ता
भोटेकोशी बाढी : गम्भीर बिरामीको उद्धारका लागि हेलिकप्टर माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×