बाढीपछि चीनतर्फ १०४ नेपालीसहित २६१ विदेशी बेपत्ता

Share this
799shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १४, आइतबार १०:४३

काठमाडौं । चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ सीमा नाकामा आएको भीषण बाढीमा १०४ जना नेपाली नागरिक बेपत्ता भएका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएनका अनुसार बाढीमा परी कुल २६१ जना विदेशी नागरिक सम्पर्कविहीन छन् ।

बेपत्ता विदेशीमध्ये सबैभन्दा धेरै नेपाली छन् । भारतका ४९, लाटभियाका ३३, अमेरिकाका १८, बेलायतका १५ तथा अस्ट्रेलिया र क्यानडाका ६–६ जना छन् । दक्षिण अफ्रिकाका चार तथा जर्मनी, मलेसिया र रुसका तीन–तीन जना बेपत्ता छन् ।

Advertisement

इस्टोनिया, फ्रान्स, आयरल्यान्ड, नेदरल्यान्ड्स र न्युजिल्यान्डका दुई–दुई तथा फिनल्यान्ड, हङ्गेरी, काजाकिस्तान, लिथुआनिया, पोर्चुगल, स्पेन र युक्रेनका एक–एक जना बेपत्ता रहेको सीजीटीएनले जनाएको छ।

चिनियाँ अधिकारीहरूले बेपत्ता विदेशी नागरिकबारे सम्बन्धित देशका दूतावास तथा वाणिज्य दूतावासलाई जानकारी गराइसकेका छन् । आइतबार बिहानको पत्रकार सम्मेलनमा केरुङ काउन्टीमा हाल कुनै पनि विदेशी पर्यटक अलपत्र नरहेको जानकारीसमेत दिइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×