त्रिशूलीको बाढीले पुल बगायो

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १४, आइतबार १४:२९

काठमाडौं । त्रिशूली नदीमा आज (आइतबार) बिहान एकाएक आएको ठूलो बाढीले गोरखा र धादिङ जोड्ने चरौंदीस्थित झोलुङ्गे पुल बगाएको छ ।

नदीको सतह बढ्दै गएपछि जोखिममा परेको पुल बाढीको तीव्र बहाव थेग्न नसकेपछि चुँडिएको हो । पुल बगेसँगै गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिकाबीचको आवागमन प्रभावित भएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बाढीले पुलको संरचनामै क्षति पुर्‍याएको हो । पुल बगाएपछि स्थानीयका लागि नदी वारपार गर्ने महत्वपूर्ण मार्ग अवरुद्ध भएको छ ।

त्रिशूलीको उग्र बहावले चरौंदीमा मात्रै नभई धादिङको धवादीस्थित अर्को झोलुङ्गे पुलमा समेत क्षति पुर्‍याएको छ ।

गण्डकी गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारीका अनुसार नदीमा बाढीको बहाव अत्यधिक बढेपछि पुल नै बग्ने अवस्था आएको हो । पुलमा क्षति पुगेपछि त्रिशूली किनारका बस्ती तथा अन्य स्थानीय पूर्वाधारसमेत जोखिममा परेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×