मोरङमा दुई जना मृत फेला

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १४, आइतबार १५:१६

विराटनगर । मोरङमा छुट्टाछुट्टै स्थानमा आइतबार दुई जना पुरुष मृत फेला परेका छन् । घटना सुनवर्षी र विराटनगरको हो ।

सुनवर्षी नगरपालिका–२ सुगाबजारस्थित एक घरमा ७२ वर्षीय जयबहादुर राजवंशी मृत अवस्थामा फेला परेका हुन् । प्रहरीका अनुसार झापाको घैलाडुब्बा घर भएका राजवंशी विगत २० वर्षदेखि सुनवर्षी–२ सुगाबजारका ६५ वर्षीय वीरबहादुर गनगाईको घरमा बस्दै आएका थिए ।

Advertisement

गनगाईकै घरमा राजवंशीको मृत्यु भएको खबर आइतबार बिहान करिब १०ः५० बजेतिर प्रहरीलाई प्राप्त भएको थियो । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्ट अशोककुमार झा नेतृत्वका टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

त्यस्तै, विराटनगर महानगरपालिका–१५ स्थित दुई नम्बर ढाट नजिकै सडक किनारमा करिब ३५ देखि ४० वर्ष उमेरका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृतकको नाम, थर र ठेगाना खुलेको छैन ।

मागीखाई हिँड्ने पुरुषलाई सडक किनारमा आइतबार बिहान ९ः५० बजेतिर मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । घटनाको इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रवीण घिमिरे नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

दुवै जनाको मृत्युको कारण खुल्न सकेको छैन । मृत्युको कारण पत्ता लगाउनलाई घटनाको विस्तृत अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×