विराटनगरको सडकमा बिरामी अवस्थामा भेटिएका पुरुषको मृत्यु

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार १०:५०

विराटनगर । विराटनगरको सडकमा सोमबार बिहान बिरामी अवस्थामा भेटिएका एक जना बेवारिसे पुरुषको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–९ चुलाचुली मार्गस्थित सडकमा बिहान ७ बजेतिर बेवारिसे पुरुष बिरामी परेको जानकारी प्रहरीले प्राप्त गरेको थियो । त्यसलगत्तै सीआरभी घोघा पुलबाट खटिएको असई रामकुमार यादव नेतृत्वको टोलीले उद्धार गरेर उपचारका लागि कोशी अस्पताल लग्यो ।

Advertisement

गम्भीर अवस्थामा भेटिएका पुरुषलाई अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिए । मृतकको पहिचान खुल्न सकेको छैन । शव तत्कालाई कोशी अस्पतालमै राखिएको छ ।

पहाडे समुदायको जस्तो देखिने अन्दाजी ४५ वर्षीय पुरुषको पहिचानको प्रयास भइरहेको प्रहरीले जनाएको छ । ती पुरुष कसरी त्यहाँ आइपुगे र के कारण उनको मृत्यु भएको हो भन्ने यकिन भइसकेको छैन । घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
एउटै शवमा तीन परिवारको दाबी, पहिचानका लागि डीएनए परीक्षण हुँदै
बाढीपछि मधेस प्रदेशका १५१ जना सम्पर्कविहीन
प्रहरीको कामकारबाही रेकर्ड गर्न पाउनुपर्ने माग, सर्वोच्चमा रिट दर्ता
भोटेकोशी बाढी : गम्भीर बिरामीको उद्धारका लागि हेलिकप्टर माग
भोटेकोशी बाढीपछि एक खर्बसम्मको बीमा दाबी पर्न सक्ने
घट्यो सुनको मूल्य  
सुनको मूल्य घट्यो, चाँदी स्थिर
रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनको खोजीमा उद्धार टोली परिचालन
विराटनगरको सडकमा बिरामी अवस्थामा भेटिएका पुरुषको मृत्यु
बाढीमा परेर मृत्यु हुनेको संख्या नौ सय नाघ्यो, ४२ सयभन्दा बढी सम्पर्कविहीन
मोरङको बूढीगंगामा आगोले पोलेर दम्पती घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×