भोटेकोशी बाढी : गम्भीर बिरामीको उद्धारका लागि हेलिकप्टर माग

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार ११:१५

रसुवा । रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्ष सन्दीप पौडेलले जिबजिबे ग्रामीण अस्पतालमा उपचाररत गम्भीर हृदयाघातका बिरामीलाई तत्काल हेलिकप्टरमार्फत उद्धार गरी उच्चस्तरीय हृदयरोग केन्द्रमा लैजान सरकारसँग माग गरेका छन् ।

सामाजिक सञ्जालमार्फत वडाध्यक्ष पौडेलले बिरामीको अवस्था अत्यन्तै नाजुक रहेकाले तत्काल विशेषज्ञ उपचार आवश्यक रहेको बताएका छन् । दुर्गम भौगोलिक अवस्था तथा पर्याप्त एम्बुलेन्स र स्वास्थ्य पूर्वाधारको अभावका कारण सडकमार्गबाट बिरामीलाई लैजान कठिन रहेकाले तत्काल एयरलिफ्ट गर्नुपर्ने उनको भनाइ छ ।

Advertisement

उनले केन्द्र तथा प्रदेश सरकारसहित सम्बन्धित निकायलाई तत्काल हेलिकप्टर उद्धारको व्यवस्था गर्न आग्रह गरेका छन् । ‘बिरामी मर्नुअघि नै उद्धार गर्नुपर्छ, एक मिनेट पनि ढिला गर्नु हुँदैन,’ पौडेलले भनेका छन् ।

पौडेलले रसुवाका दुर्गम क्षेत्रमा पर्याप्त एम्बुलेन्स तथा आपत्कालीन सवारीसाधन परिचालन गर्न र जिबजिबे ग्रामीण अस्पताललाई आवश्यक जनशक्ति, उपकरण, औषधि तथा विशेषज्ञ सेवासहित तत्काल स्तरोन्नति गर्न पनि माग गरेका छन् ।

त्यस्तै, तीन दिनदेखि वैकल्पिक सडक निर्माणको माग गरिए पनि सुनुवाइ नभएको भन्दै उनले तत्काल निर्माण सुरु गर्न सरकारसँग आग्रह गरेका छन् । स्वास्थ्य आपत्कालीन अवस्थामा उद्धार, राहत तथा एयरलिफ्टका लागि स्थायी प्रणाली विकास गर्नुपर्ने उनको माग छ ।

 

तपाइको प्रतिक्रिया
भोटेकोशी बाढी संकट : प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग लिए जानकारी
एउटै शवमा तीन परिवारको दाबी, पहिचानका लागि डीएनए परीक्षण हुँदै
बाढीपछि मधेस प्रदेशका १५१ जना सम्पर्कविहीन
प्रहरीको कामकारबाही रेकर्ड गर्न पाउनुपर्ने माग, सर्वोच्चमा रिट दर्ता
भोटेकोशी बाढी : गम्भीर बिरामीको उद्धारका लागि हेलिकप्टर माग
भोटेकोशी बाढीपछि एक खर्बसम्मको बीमा दाबी पर्न सक्ने
घट्यो सुनको मूल्य  
सुनको मूल्य घट्यो, चाँदी स्थिर
रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनको खोजीमा उद्धार टोली परिचालन
विराटनगरको सडकमा बिरामी अवस्थामा भेटिएका पुरुषको मृत्यु
बाढीमा परेर मृत्यु हुनेको संख्या नौ सय नाघ्यो, ४२ सयभन्दा बढी सम्पर्कविहीन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×