प्रहरीको कामकारबाही रेकर्ड गर्न पाउनुपर्ने माग, सर्वोच्चमा रिट दर्ता

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार ११:२४

काठमाडौं । सार्वजनिक स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीको कामकारबाही नागरिकले अडियो तथा भिडियोमार्फत रेकर्ड गर्न पाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । नेपाल ल क्याम्पसमा अध्ययनरत विद्यार्थी विवेक चौधरी र विकास यादवले संयुक्त रूपमा रिट दर्ता गरेका हुन् । रिटको पहिलो सुनुवाइका लागि सर्वोच्च अदालतले बिहीबार पेसी तोकेको छ ।

रिटमा गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ । सार्वजनिक स्थलमा प्रहरीको कामकारबाही रेकर्ड गर्न खोज्दा सर्वसाधारणमाथि हुने धरपकड तथा स्वेच्छाचारी व्यवहार रोक्न स्पष्ट कानुनी व्यवस्था गर्न माग गरिएको छ । प्रहरीले नागरिकको मोबाइल खोस्ने, धम्क्याउने, भिडियो मेटाउन लगाउने तथा पक्राउ गर्नेजस्ता कार्य गर्दै आएको दाबी गर्दै रिट निवेदकहरूले त्यस्ता कार्यलाई नियमन गर्न आवश्यक कानुनी व्यवस्था गर्न माग गरेका छन् ।

Advertisement

प्रहरी प्रशासनले सार्वजनिक स्थानमा प्रहरीको कामकारबाही रेकर्ड गर्न ‘पूर्वअनुमति’ लिनुपर्ने दाबी गर्दै आएको भए पनि त्यस्तो व्यवस्था गैरकानुनी र असंवैधानिक रहेको निवेदकहरूको जिकिर छ । मुलुकी अपराध संहिता, २०७४, वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ तथा प्रहरी ऐन, २०१२ लगायतका प्रचलित कानुनले सार्वजनिक स्थलमा खटिएका सार्वजनिक अधिकारीको कामकारबाही रेकर्ड गर्न पूर्वअनुमति लिनुपर्ने व्यवस्था नगरेको उनीहरूको दाबी छ ।

प्रहरीको यस्तो व्यवहारले संविधानले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र सञ्चारको हकमा असर परेको रिटमा उल्लेख छ । सर्वोच्च अदालतका विभिन्न नजिरका साथै अमेरिकी र भारतीय न्यायिक दृष्टान्तलाई समेत आधार बनाइएको रिटमा नागरिकलाई शान्तिपूर्ण रूपमा प्रहरीको कामकारबाही रेकर्ड गर्न दिन तथा बिनाकारण मोबाइल फोन वा क्यामेरा जफत नगर्न आदेश माग गरिएको छ ।

त्यस्तै, प्रहरीले नियन्त्रणमा लिएका उपकरणमा रहेका सामग्री नमेटिने गरी सुरक्षित राख्न तथा सार्वजनिक स्थानमा प्रहरीको कामकारबाही रेकर्ड गर्ने विषयमा स्पष्ट नियम, कार्यविधि र कानुनी ढाँचा बनाउन प्रतिषेध तथा परमादेशलगायत आवश्यक आदेश जारी गर्न सर्वोच्च अदालतसँग माग गरिएको छ ।

तपाइको प्रतिक्रिया
भोटेकोशी बाढी संकट : प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग लिए जानकारी
एउटै शवमा तीन परिवारको दाबी, पहिचानका लागि डीएनए परीक्षण हुँदै
बाढीपछि मधेस प्रदेशका १५१ जना सम्पर्कविहीन
प्रहरीको कामकारबाही रेकर्ड गर्न पाउनुपर्ने माग, सर्वोच्चमा रिट दर्ता
भोटेकोशी बाढी : गम्भीर बिरामीको उद्धारका लागि हेलिकप्टर माग
भोटेकोशी बाढीपछि एक खर्बसम्मको बीमा दाबी पर्न सक्ने
घट्यो सुनको मूल्य  
सुनको मूल्य घट्यो, चाँदी स्थिर
रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनको खोजीमा उद्धार टोली परिचालन
विराटनगरको सडकमा बिरामी अवस्थामा भेटिएका पुरुषको मृत्यु
बाढीमा परेर मृत्यु हुनेको संख्या नौ सय नाघ्यो, ४२ सयभन्दा बढी सम्पर्कविहीन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×