जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको खोज तथा उद्धार तीव्र

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार १३:१४

काठमाडौं । भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ । नेपाली सेनाको कमाण्डमा विशेषज्ञसहितको टोलीले जलविद्युत् आयोजनाका सुरुङलाई केन्द्रित गर्दै तीन दिनदेखि खोज तथा उद्धार अभियान जारी राखेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार त्रिशूली–३ ‘बी’को सुरुङमा विज्ञसहितको टोली परिचालन गरी खोज तथा उद्धार भइरहेको छ । विदेशी विशेषज्ञसहितको संयुक्त टोलीले चिलिमे हाइड्रोको सुरुङभित्र करिब १०० मिटर प्रवेश गरी बेपत्ता व्यक्तिको खोजी गरिरहेको छ। सुरुङको केही भाग हिलोमाटोले पुरिएको अवस्थामा भेटिएको र त्यहाँबाट दुईवटा शव संकलन गरिएको सेनाले जनाएको छ ।

Advertisement

त्यस्तै, माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङभित्र करिब ३०० मिटरसम्म प्रवेश गरी खोजी गर्दा एउटा शव संकलन गरिएको छ । लाङटाङ आयोजनाको सुरुङमा पनि खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ ।

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खोल्न आज (सोमबार) बिहान करिब २ बजे विस्फोटक पदार्थ प्रयोग गरिएको थियो । हाल दुईवटा एक्स्काभेटरको प्रयोग गरी करिब १० मिटर गहिराइसम्म प्वाल बनाउने तथा सुरुङभित्र जमेको पानी, हिलो र लेदो हटाउने काम भइरहेको छ ।

बाढी प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला तथा बस्तीमा उद्धारको आवश्यकता पहिचान गर्न पैदल गस्तीसमेत जारी रहेको निर्देशनालयले जनाएको छ ।

सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार स्याफ्रुबेंसी क्षेत्रमा राहत तथा रासन वितरणसँगै लाङटाङ हाइड्रो क्षेत्रको निरीक्षण गरिएको छ । रसुवाको धुन्चे र नुवाकोटको त्रिशूलीमा सेनाले स्थापना गरेका आपत्कालीन उपचार केन्द्रबाट हालसम्म दुई हजार ६३२ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा आठ हजार ९०० भन्दा बढी सुरक्षाकर्मी परिचालित भएका छन् ।

सुरक्षा फौजले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन तथा आपत्कालीन उपचारलगायतका कामलाई निरन्तरता दिइरहेको छ ।

सेनाका अनुसार हालसम्म करिब २३ हजार १९४ किलो राहत सामग्री हेलिकप्टरमार्फत धुन्चेसहित विभिन्न प्रभावित क्षेत्रमा ढुवानी गरिएको छ । भदौ १० गतेदेखि आजसम्म नेपाली सेनाले ३३८ विदेशी नागरिकसहित कुल तीन हजार ५९६ जनाको उद्धार गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा भव्य श्रीकृष्ण जन्माष्टमी महोत्सव हुँदै, बाढीपहिरो प्रभावितका लागि विशेष प्रार्थना गरिने
अमेरिकामा सांगीतिक कार्यक्रम गरी बाढीपीडितका लागि २१ लाख सहयोग
सारडा ग्रुपको विपद् सहयोग : नगददेखि सिमेन्टसम्म
बाढीपहिरो प्रभावितका लागि कांग्रेस सांसदले आधा महिनाको तलब दिने
बाढी प्रभावितका लागि अष्ट्रेलियाले थप ३० लाख डलर सहायता दिने
सुरुङमा कोही भेटिएनन्
विपद् प्रभावितका लागि सिक्किमले पठायो राहत
जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको खोज तथा उद्धार तीव्र
पहिरोले दुई महिना थुनिएको मेची राजमार्गमा गुड्न थाले साना सवारी
सन्दीपको पाँच विकेटमा बहराइन ढल्यो, प्रिमियर कपमा नेपालले गर्‍यो शानदार सुरुवात
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×