विपद् प्रभावितका लागि सिक्किमले पठायो राहत

Share this
606shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार १३:१८

काठमाडौं । नेपालका विपद् प्रभावित नागरिकका लागि भारतको सिक्किम सरकारले अत्यावश्यक राहत सामग्री तथा स्वास्थ्य सहायता उपलब्ध गराउने भएको छ ।

नेपाल र नेपाली जनताप्रति ऐक्यबद्धता जनाउँदै सिक्किमले ‘सिक्किम फर नेपाल’ अभियानअन्तर्गत राहत तथा स्वास्थ्य सामग्री नेपाल पठाएको हो । अभियानअन्तर्गत सिक्किम क्रान्तिकारी मोर्चाको विशेष टोली राहत सामग्री र स्वास्थ्य सहायता लिएर नेपालतर्फ प्रस्थान गरेको छ ।

Advertisement

टोलीलाई सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोलेले विदाइ गरेका छन् । विदाइका क्रममा मुख्यमन्त्री गोलेले विपद्का समयमा सिक्किमले अघि सारेको यो पहलले मानवीय संवेदना, करुणा र भातृत्वको भावना प्रस्तुत गरेको बताए ।

सिक्किम सरकारले विपद्को कठिन समयमा नेपालसँग ऐक्यबद्धता जनाउँदै मानवीय सहयोगको हात बढाएको जनाएको छ । संकटका बेला एकजुट भएर प्रभावित नागरिकलाई सहयोग गर्नुपर्ने भावनाका साथ अभियान सञ्चालन गरिएको बताइएको छ ।

सिक्किमले विपद्मा ज्यान गुमाएकाका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, नेपालले अब अघि बढाउने पुनःस्थापना तथा पुनर्निर्माणको कठिन यात्रामा आफ्नो निरन्तर ऐक्यबद्धता रहने जनाएको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा भव्य श्रीकृष्ण जन्माष्टमी महोत्सव हुँदै, बाढीपहिरो प्रभावितका लागि विशेष प्रार्थना गरिने
अमेरिकामा सांगीतिक कार्यक्रम गरी बाढीपीडितका लागि २१ लाख सहयोग
सारडा ग्रुपको विपद् सहयोग : नगददेखि सिमेन्टसम्म
बाढीपहिरो प्रभावितका लागि कांग्रेस सांसदले आधा महिनाको तलब दिने
बाढी प्रभावितका लागि अष्ट्रेलियाले थप ३० लाख डलर सहायता दिने
सुरुङमा कोही भेटिएनन्
विपद् प्रभावितका लागि सिक्किमले पठायो राहत
जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको खोज तथा उद्धार तीव्र
पहिरोले दुई महिना थुनिएको मेची राजमार्गमा गुड्न थाले साना सवारी
सन्दीपको पाँच विकेटमा बहराइन ढल्यो, प्रिमियर कपमा नेपालले गर्‍यो शानदार सुरुवात
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×