अमेरिकामा सांगीतिक कार्यक्रम गरी बाढीपीडितका लागि २१ लाख सहयोग

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार १४:३५

काठमाडौं । लोकप्रिय सांगीतिक समूह कन्दराले अमेरिकाको एट्लान्टामा आयोजित कन्सर्टबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । कन्सर्टबाट संकलित रकम भोटेकोशी बाढीपीडितको राहतका लागि प्रदान गरिएको गायक विवेक श्रेष्ठले जानकारी दिए ।

कन्दराले कन्सर्टबाट करिब २१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको हो । कन्सर्ट सकिएलगत्तै ब्यान्डका तर्फबाट गायक श्रेष्ठले प्रधानमन्त्री कोषको क्यूआरमार्फत उक्त रकम ट्रान्सफर गरेका थिए ।

Advertisement

भोटेकोशी बाढीको घटनापछि कन्दराले एट्लान्टा कन्सर्टलाई ‘ट्रिब्यूट कन्सर्ट’का रूपमा परिवर्तन गरेको थियो । पूर्वनिर्धारित कन्सर्टलाई ‘शोकलाई शक्तिमा, संगीतलाई सेवामा’ भन्ने भावनासहित राहत तथा सहयोग अभियानमा परिणत गर्ने निर्णय ब्यान्डले गरेको हो ।

यतिबेला कन्दरा आफ्नो ‘रिदम अफ चेन्ज’ टूरअन्तर्गत अमेरिकामा छ । एट्लान्टापछि ब्यान्डले भर्जिनिया र कोलोराडोको डेनभरमा प्रस्तुति दिने तयारी गरेको छ । गायक विवेक श्रेष्ठले देशप्रतिको सांगीतिक तथा सामाजिक उत्तरदायित्व सम्झँदै बाढीपीडितको पीडामा मल्हम लगाउने प्रयास गरिएको बताए ।

तपाइको प्रतिक्रिया
पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी
बाढीपछि अब के गर्ने ?
मोरङमा सामूहिक बलात्कार : लामो समयपछि एक जना पक्राउ, दुई जनाद्वारा अदालतमा आत्मसमर्पण
बाढी प्रभावित क्षेत्रबाट झापाका ८ जनाको सकुशल उद्धार, अरूको खोजी हुँदै
विराटनगरमा भव्य श्रीकृष्ण जन्माष्टमी महोत्सव हुँदै, बाढीपहिरो प्रभावितका लागि विशेष प्रार्थना गरिने
अमेरिकामा सांगीतिक कार्यक्रम गरी बाढीपीडितका लागि २१ लाख सहयोग
सारडा ग्रुपको विपद् सहयोग : नगददेखि सिमेन्टसम्म
बाढीपहिरो प्रभावितका लागि कांग्रेस सांसदले आधा महिनाको तलब दिने
बाढी प्रभावितका लागि अष्ट्रेलियाले थप ३० लाख डलर सहायता दिने
सुरुङमा कोही भेटिएनन्
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×