बाढी प्रभावित क्षेत्रबाट झापाका ८ जनाको सकुशल उद्धार, अरूको खोजी हुँदै

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार १५:२१

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट झापाका आठ नागरिकको सकुशल उद्धार गरिएको छ । सम्पर्कविहीन रहेका अन्यको खोजी भइरहेको जनाइएको छ ।

झापाबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रकाश पाठकका अनुसार हालसम्म उद्धार गरिएका झापालीहरुमा २५ वर्षीय देवलाल मुर्मु, ५८ वर्षीया यमुना भट्टराई, २७ वर्षीय पवन भट्टराई, ५० वर्षीया कमलादेवी भट्टराई, ५३ वर्षीया टिकामाया आचार्य, ४६ वर्षीय पुष्कर ढकाल, ५३ वर्षीय तेजनाथ भट्टराई र ३१ वर्षीय सुदिप सुवेदी रहेका छन्।

Advertisement

सांसद पाठकका अनुसार थप १२ जना अझै सम्पर्कविहीन छन् । उनीहरूको खोजी तथा उद्धारका लागि प्रयास भइरहेको उनले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
उदयपुरबाट १ हजार १ सय २२ किलो गाँजासहित बोलेरो बरामद, तीन जना पक्राउ
बाढीपीडितका लागि एमालेले १ करोड २० लाख जुटाउने
रसुवा बाढी : सेनाको हेलिकप्टरबाट ३३० जनाको उद्धार
पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी
बाढीपछि अब के गर्ने ?
मोरङमा सामूहिक बलात्कार : लामो समयपछि एक जना पक्राउ, दुई जनाद्वारा अदालतमा आत्मसमर्पण
बाढी प्रभावित क्षेत्रबाट झापाका ८ जनाको सकुशल उद्धार, अरूको खोजी हुँदै
विराटनगरमा भव्य श्रीकृष्ण जन्माष्टमी महोत्सव हुँदै, बाढीपहिरो प्रभावितका लागि विशेष प्रार्थना गरिने
अमेरिकामा सांगीतिक कार्यक्रम गरी बाढीपीडितका लागि २१ लाख सहयोग
सारडा ग्रुपको विपद् सहयोग : नगददेखि सिमेन्टसम्म
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×