भोटेकोशी बाढी : ५०१ यातायात मजदुर बेपत्ता, ५४४ सवारीमा क्षति

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार १६:५२

काठमाडौं । भोटेकोशी बाढीपछि ५०१ जना यातायात मजदुर सम्पर्कविहीन भएका छन् । ५४४ वटा मालबाहक तथा सार्वजनिक सवारीसाधनमा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईका अनुसार एक जना श्रमिकको मृत्यु पुष्टि भएको छ भने १७ जना सम्पर्कमा आएका छन् । उनले करिब ५६३ जना श्रमिक बाढीबाट प्रभावित भएको जानकारी दिए ।

Advertisement

संगठनले सदस्यहरूको परिवार र सम्बन्धित रुटसम्म पुगेर विवरण संकलन गरिएको जनाएको छ । बेपत्ता श्रमिकको खोजी तथा उद्धारका लागि टोली परिचालन गरिए पनि अपेक्षित प्रगति हुन नसकेको राईले बताए ।

युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीका अनुसार पर्यटन क्षेत्रमा कार्यरत ९३ जना सदस्यसमेत सम्पर्कविहीन छन् । नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारीले बाढी प्रभावित यातायात मजदुरको अवस्था भयावह रहेको भन्दै खोजी तथा उद्धारमा सबै पक्ष एकजुट हुनुपर्ने बताए ।

यसैबीच अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ (आईटीएफ)ले प्रभावित श्रमिकको खोजी, उद्धार, राहत र पुनःस्थापनाका लागि नेपालका यातायात मजदुर संगठन तथा सरकारसँग समन्वय गर्ने जनाएको छ । आईटीएफ वर्ल्ड कमिटीका उपाध्यक्ष स्कट म्याक्डनिले तत्काल आवश्यक योजना बनाएर सहयोग र समन्वय अघि बढाउन दक्षिण एसियाका सहायक सचिव अब्दुलगानी सेराङलाई निर्देशन दिएका छन् ।

तपाइको प्रतिक्रिया
बाढी प्रभावितका लागि हिमगिरि हाइजिनले ७० लाखको सामग्री दिने
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच विपद् व्यवस्थापनबारे छलफल
रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन
क्षेत्रीय तनाव नबढाउन इरानको आग्रह, प्रतिकार गर्ने चेतावनी
भोटेकोशी बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टन खाद्य सामग्री पठाइयो
बाढी प्रभावित क्षेत्र पुगे कांग्रेस सभापति थापा, उद्धारमा ढिलाइ भएको स्थानीयको गुनासो
बेपत्ताका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह
नोना कोइराला स्मृति प्रतिष्ठानद्वारा बाढीपीडितका लागि एक लाख सहयोग
३९ देशका ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन
भोटेकोशी बाढी : ५०१ यातायात मजदुर बेपत्ता, ५४४ सवारीमा क्षति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×