३९ देशका ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन

Share this
769shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार १७:२२

काठमाडौं । परराष्ट्र मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको अचानकको बाढीपछि ३९ देशका ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन रहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयमा आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उपलब्ध तथ्यांकअनुसार ३९ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता रहेको जानकारी दिए । ‘उपलब्ध तथ्यांकअनुसार ३९ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता छन्,’ प्रवक्ता क्षेत्रीले भने ।

Advertisement

मन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९०३ वटा शव फेला परेका छन् भने करिब चार हजार २०० जना अझै बेपत्ता छन् । बाढी प्रभावित क्षेत्रबाट १० हजारभन्दा बढीको उद्धार गरिएको र उद्धार गरिएकामध्ये ३२३ भन्दा बढी विदेशी नागरिक रहेको प्रवक्ता क्षेत्रीले बताए ।

‘बाढी प्रभावित क्षेत्रबाट १० हजारभन्दा बढी मानिसको उद्धार गरिएको छ, जसमा ३२३ भन्दा बढी विदेशी नागरिक रहेका छन्’ उनले भने ।

तपाइको प्रतिक्रिया
राष्ट्रपति र प्रधानमन्त्री भेट्न रवि लामिछानेको दौडधुप
बाढी प्रभावितका लागि हिमगिरि हाइजिनले ७० लाखको सामग्री दिने
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच विपद् व्यवस्थापनबारे छलफल
रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन
क्षेत्रीय तनाव नबढाउन इरानको आग्रह, प्रतिकार गर्ने चेतावनी
भोटेकोशी बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टन खाद्य सामग्री पठाइयो
बाढी प्रभावित क्षेत्र पुगे कांग्रेस सभापति थापा, उद्धारमा ढिलाइ भएको स्थानीयको गुनासो
बेपत्ताका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह
नोना कोइराला स्मृति प्रतिष्ठानद्वारा बाढीपीडितका लागि एक लाख सहयोग
३९ देशका ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×